व्यंग्य : बाँदरको हातमा नरिवल
हाम्रा सरकार प्रधानले यति चाँडो आफू बाहेक सबैलाइ घाँडो हुने कदम चाल्ने र जनताको लागि कुनै माखो नमारिकन बसिबस खाने थलोको रुपमा पहिचान बनाएको संसद ढाल्ने काम गरेर नालायकहरुलाई फाल्ने अप्रत्यासित कर्म गरेर मर्का पर्नेले सरापेपनि धर्म नै गरेको भनेर आफैंले भनेका छन्।
बिघटन भनेर घोषित भइसकेको र रद्धिको टोकरीमा गइसकेको संसद अदालतबाट पुनस्र्थापित भएपनि दल पूmटेर सजिलैसित सरकारमा जान नपाइने र सरकार प्रधानको योजना अनुसार चुनाव भएपनि हारेर जिन्दगीमा फेरि सांसद हुन नसकिने गरी धपाइने सम्भावना धेरै भएकोले आप्mनो राजनैतिक भविष्य आफ्नै अक्षमताले चपाइने देखेर पनि बिघटित सांसदहरु कता संगठित हुने भन्ने अन्योलमा परेका र जता लाग्दा फाइदा होला जस्तो देखिन्छ त्यतै लाग्न अघि सरेका छन्।
सरकार प्रधान अर्का अध्यक्षले सोचेभन्दा निकै लामो समय बाँच्ने र आफूलाई देखाइ देखाइ कुर्सीमा बसेर नाच्ने अनि त्यही बसेर खेलाई खेलाइकन आफ्नो राजनैतिक ढाड भाँच्ने कारणले उनीबाट जे जसरी हुन्छ कुर्सी हात पारेर सबै सहमतिहरुलाई लात मार्ने अनि एकै दर्जाका अध्यक्ष भनेपनि पात झार्नेसम्मको औकात समेत नदिएको बदला लिने भित्री आशय सोझा जनताले बुझेका छैनन् भनेर अहिलेपनि ढुक्क पर्न केही समस्या छैन।
मध्य खेतीमा नभइ नहुने मल किसानले नपाउँदा, आफ्नै देशभित्र आफ्नै जमिनबाट देशबासीलाई बिदेशीले आएर जबरजस्ती धपाउँदा, आफ्नाे जमिन हाकाहाकी छिमेकीले चपाउँदा र उखु किसानले आफ्नाे उत्पादनको मूल्य बर्षौंसम्म नपाउँदा एक शब्द नबोलेर जनताले आफ्ना प्रतिनिधि कता छन् वा छन् कि छैनन् केही पत्तो पाएनन्।
आफ्नाे कामले भन्दापनि सत्तापक्षको टुटफुट र गुट उपगुटको कारणले चुनावमा केही संख्या बढाउन सकिन्छ कि भनेर भित्रभित्र चुनावको तयारी पनि गर्नैप-याे। यतापनि ठिक्क उतापनि ठिक्क हुन खोज्दाखोज्दै कार्यकर्ता र जनता चाहिँ दिक्क भइसक्लान् भन्ने हेक्कापनि राख्न पर्ला कि? जसो गरेपनि जनतालाई उल्लु बनाएर खाने बाटो पहिल्याउन कसैले कसैलाइ सिकाइ राख्न पर्दैन।
यिनै पीडित जनताको सरापले गर्दा खाइपाइ आएको सांसद पद धरापमा परेपछि र परिबन्दले पत्रुमा झरेपछि हामी यहाँ छौँ भनेर लेखेको कागज छात्तीमा टाँसेर सडकमा पलेटी कसेको र पुग्नपर्नेे गन्तव्य हराएर दोबाटोमा बसेको देखेर जनताले निकै दयाभाव देखाए।
आफ्नाे पदभन्दा अर्को कुनैपनि कुरालाई महत्वपूर्ण नठान्ने,जसरी हुन्छ पदमा पुग्ने तरिका बाहेक अरु केही नजान्ने र त्यहाँ पुगेपछि कुनैपनि जिम्मेवारीलाई नमान्ने गर्नाले समय सधैं एकनास हुँदैन भन्ने शिक्षा लिएर जनतासँग भिक्षामा मागिएको भोटको इज्जत राख्नु पर्छ भन्ने बुद्धि पलाएमा राम्रो हुन्थ्यो होला।
अनेक बाचा र घोषणा गरेर जनतासित फुत्काएको भोटलाई जनताकोलागि सदुपयोग नगरेर कुर्सीकै लागि मात्रै मरिहत्ते गर्दा कुनै कुरापनि फत्ते नहुने रहेछ भनेर बुझियो होला कि? जसको घरमा छिर्यो उसैको घर फुटाउने,जहाँ गयो त्यहाँका असन्तुष्टहरुलाई आफ्नाे पक्षमा जुटाउने र कुर्सी हातमा पर्नासाथ सबै नैतिकता बिर्सेर आफन्तद्वारा सरकारी श्रोत लुटाउने क्रियाकलापमा केही सुधार आएमा जनता अछै टाढा पुगिसकेका छैनन्।
चुनावमा टिकट नै नपाउने र टिकट पाएपनि जनताले हराएर धपाउने प्रबल सम्भावना भएकोले संसद पुनस्र्थापनामा जोड गर्ने होड मच्चिएको र यही कारणले लाज घिन शरम सबै पचाएर सडकमा थच्चिएको बारे जनता अनभिज्ञ छैनन् होला।
सँधैभरी नयाँ नयाँ नारा दिएर सडक तताउने र गल्ती जति सबै अरुले गरेको बताउने गर्दापनि जनताले सबैलाई राम्रोसित चिनिसकेका छन्। त्यही भएर बेलामा बुद्धि पुर्याउनबाट चुकियो भने भविष्यमा भोट नदिएर जनताद्वारा थुकियो भन्ने दोष लगाउने ठाउँ भेट्न गाह्रो पर्यो भने के गर्नु?
मान्नपर्ने कसैलेपनि नमानेको, खासै काम लाग्ने दस्ताबेज नठानेको र आफ्नाे स्वार्थमा बाहेक अरु राम्रो काममा प्रयोग गर्न नजानेको संविधान नामक मूल कानुनको किताबमा कहिँकतै सरकार प्रधानको अधिकारको रुपमा उल्लेख नभएको धारा हो कि बुँदामा टेकेर संसद विघटन गरेर चुनावको मिति समेत तोकेर र त्यसमा राष्ट्र प्रधानले पनि सहिछाप ठोकेर जंग बहादुरकै झझल्को दिएको देख्दा हाम्रा सरकार प्रधान ज्यादै तगडा भएकोले अहिलेको झगडालाइ पेलेर लगेर सबैलाई कुनासम्मै ठेलेर र यसलाइ केटाकेटीलाई खेलाएजस्तो खेलेर ठिक पार्ने हुन् कि जस्तो पनि देखिन्छ।
बर्षौं कतै नगइकन बालुवाटारमै बस्ने, संविधानमा नभएको काम गर्न प-याे भने लुसुक्क शितल निवासमा पस्ने, बोल्न थाल्यो भने मुख्य आशय थाहा नहुने गरी रमाइलो र ठट्यौलो पाराले चिप्लो घस्ने र उखानटुक्का सुनाउँदै हँसाइ हँसाइ छुरी धस्ने तरिकाले हैरान भएका अर्का अध्यक्ष सहितका दल भित्रैका बिपक्षी टोलीलाई भष्मासुर शैलीको संसद बिघटनले पार्नु पिर पा-याे।
निरंकुश र तानाशाही तरिकाले संविधान र अन्य नियम कानुनलाई पनि कुनामा फालेर आफू सरहका भनिएका अर्का अध्यक्षलाई दुनामा भाग हाल्न र त्यत्तिमै मुख टाल्न खोजेपछि रडाको मच्चिनुलाई आश्चर्यको बिषय मान्न मिल्दैन। तुलोमा जोखेर को ठूलो भन्नु भन्दापनि दुवैको कारणले यिनिहरुको चुल्हो अलग्गिएको हो भनेर बुझ्नु ठिक होला।
संविधान मान्ने र यसैबाट जनताको ध्यान आफूतिर तान्ने भ्रम फैलाएर आन्दोलन गर्ने कि चुनावको तयारी गर्ने अन्योलमा भएका प्रतिपक्षीहरु अरुको देखासिकी गरेर आन्दोलन गरेजस्तो नगरे संविधानको दुहाइ दिएर चुनावमा भोट माग्न कसरी जानु? संसद पुनस्र्थापित भएमा त्यहाँपनि संविधानको बचाउ गर्नमा बराबरी हिस्सेदारी खोजेर बसेपछि मन्त्रालय रोजेर खान पाइने मौका चुकाउन पनि भएन।
बर्षौं कतै नगइकन बालुवाटारमै बस्ने, संविधानमा नभएको काम गर्न प-याे भने लुसुक्क शितल निवासमा पस्ने, बोल्न थाल्यो भने मुख्य आशय थाहा नहुने गरी रमाइलो र ठट्यौलो पाराले चिप्लो घस्ने र उखानटुक्का सुनाउँदै हँसाइ हँसाइ छुरी धस्ने तरिकाले हैरान भएका अर्का अध्यक्ष सहितका दल भित्रैका बिपक्षी टोलीलाई भष्मासुर शैलीको संसद बिघटनले पार्नु पिर पा-याे।
आफ्नाे कामले भन्दापनि सत्तापक्षको टुटफुट र गुट उपगुटको कारणले चुनावमा केही संख्या बढाउन सकिन्छ कि भनेर भित्रभित्र चुनावको तयारी पनि गर्नैप-याे। यतापनि ठिक्क उतापनि ठिक्क हुन खोज्दाखोज्दै कार्यकर्ता र जनता चाहिँ दिक्क भइसक्लान् भन्ने हेक्कापनि राख्न पर्ला कि? जसो गरेपनि जनतालाई उल्लु बनाएर खाने बाटो पहिल्याउन कसैले कसैलाइ सिकाइ राख्न पर्दैन।
संविधानबाट सबैभन्दा अमिलो मन बनाएर धमिलो पानीमा माछा मार्ने र यही परिस्थितिको फाइदा उठाउँदै सबैको सेखी झार्ने दाउमा लागेका राजतन्त्रवादी र हिन्दुधर्मवादीहरुले पनि यसको सदुपयोग गर्न खोजिरहेका देखिन्छन्।
यो ज्यादै संवेदनशील बिषय भएपनि कसैले नमागिकन र जनतालाई पत्तै नदिइकन अचानक जबरजस्ती घोषणा गरेर लागू भएको हुनाले यसबाटपनि संविधानको लागि हतारिएका र कुनै हैसियत नभए जसरी सानो स्वार्थको लागि पछिपछि लतारिएका राजनैतिक दलहरु अप्ठ्यारोमा परेका छन् कि जस्तो देखिन्छ।
यसलाई पनि एउटा खतराको रुपमा लिने र संविधान पक्षधरहरुलाइ राहत दिने काम गर्नुको सट्टा यस्तै कुर्सीको लडाइँमा समय बर्बाद पार्ने अनि मौका पर्नासाथ एकअर्कालाई कुर्सीबाट झार्ने र जनताको नाम लिँदै बाँडीचुँडी तर् मार्ने गर्दा बिरोधीले फाइदा उठाउन सक्छन् भन्ने कुरा बिगतमा आफैंले गरेको कामबाटपनि बुझ्न पर्ने हो।
सँधैभरी नयाँ नयाँ नारा दिएर सडक तताउने र गल्ती जति सबै अरुले गरेको बताउने गर्दापनि जनताले सबैलाई राम्रोसित चिनिसकेका छन्। त्यही भएर बेलामा बुद्धि पुर्याउनबाट चुकियो भने भविष्यमा भोट नदिएर जनताद्वारा थुकियो भन्ने दोष लगाउने ठाउँ भेट्न गाह्रो पर्यो भने के गर्नु?
बिगतको आन्दोलनको अन्तिममा दक्षिणका छिमेकीको दूतको उपस्थिति र निर्देशनमा राजासित गरिएको सम्झौता लुकाएको अनि त्यसलाई लागू गर्ने मौकापनि जबरजस्ती चुकाएको भन्ने हल्ला बेलाबेलामा चलिरहँदा पनि कसैले सो बारे सम्बोधन नगर्नु र आफ्नो उपलब्धिको बयान बाहेक अरु कुरा गर्न अघि नसर्नुलाइ शंकाको दृष्टिले हेरेका छन्।
हामीले भनेको, हामीले गरेको र हामीले ठिक ठहर्याएको कुरा मात्रै ठिक हो र यस बाहेक कसैको कुरा सुन्नु अनि देशको कानुन अनुसार उसकोपनि अधिकार छ भनेर मनमा गुन्नु बेकार छ भन्ने धारणाले नै सर्वसत्तावादी सोचको बिकास भएको र त्यो आफ्नै बिरुद्धमा गएको हो भन्ने पनि सोच्न पर्छ। सम्पूर्ण बुद्धि र विबेकलाई बिदेशीको अगाडि बन्दगी राखेर जबरजस्ती जनता माथि लादेको हो भने त्यसमा ठूला ठूला शब्दहरु छादेको सुहाउने कुरै भएन।
मजाले चोइटिएर, चर्किएर र सबै टुक्राहरु बिभिन्न दिशातर्फ फर्किएर पनि सत्ता स्वार्थले गर्दा फुट्यो भन्न नसकिएको दललाई फेरि एक हुनेगरी जुटाउन सकिन्छ कि भनेर उत्तर छिमेककी राजदूतले झण्डै हप्ता दिनसम्म नेताहरुका घरघर चक्कर काटेर ठक्कर खाँदापनि उद्देश्य पूर्ति हुन नसकेपछि उत्तरबाट एक मन्त्री आएर र निकै धाएर सबैलाई भेटेर नेताहरुलाइ मिलाउने अनि सो बापत ठूलै भाग दिलाउने कोशिश गर्दापनि खासै सकारात्मक नतिजा आउन सकेको छैन।
उत्तरबाट एउटा टोली आयो रे भन्नासाथ दक्षिणबाट पनि स्वार्थको झोलीसहित एउटा समूह आएर कसरत गर्दै छ रे भन्ने सुनिन्छ। बिदेशबाट आएका दाताहरुको अगाडि एकअर्काको पोल लगाउने र उनीहरुको आशिर्बादले आफ्नो भाग्य जगाउने प्रयासमा लागेका नेताहरुले आफ्नो आङ्को छारो उडाउने पुरानो बानीलाई निरन्तरता दिएको अनि यसलाई ज्यादै ठूलो स्वाभिमानीपूर्वक लिएको देख्दा उमेर र दायित्व जति बढेपनि नेताहरुको औकातमा कुनै परिवर्तन भएजस्तो लाग्दैन।
दुबैतिरका छिमेकीहरुको दबावले गर्दा मिलौँ भने कुन मुखले मिल्नु र नमिलौँ भने कुन आँटले नमिल्नु बडो दोधारमा परेका छन् बिचरा नेताहरु। स्वदेशीको अगाडि जति ठूला कुरा गरेपनि विदेशीका अगाडि खुट्टा लुला हुन्छन् भन्ने सबैलाइ थाहा भइसकेको हुनाले अप्ठ्यारो मानिराख्न आवश्यक छैन।
संसद बिघटनको मुद्दा अदालतमा बिचाराधीन भएकोले यसबारे बोल्न र जथाभावी मुख खोल्न हुन्न भनेर दलहरुले भनेको पनि सुनियो। तर अहिलेको अदालतमा नियूक्त भएका पात्रहरु र नियुक्तीको मापदण्ड र तरिकालाइ ध्यान दिएर हेर्दा त्यहाँ बस्नेहरुले कानुनको भन्दापनि नुनको सोझो गरेर न्याय सम्पादन गर्दै आएको र झगडियाले लगानी अनुसारको न्याय पाएको कुरा कतैबाट छिपेको छैन।
प्रधान न्यायमूर्ति र अन्य न्यायमूर्तिहरुको आर्थिक स्वार्थपूर्ति हुनासाथ जटिल मुद्दाहरु पनि अपत्यारिलो तरिकाले फैसला हुने कुरा त हालसालै श्रीमतीको हत्या आरोपमा जन्मकैदको सजाय पाएका अभियूक्तलाई पर्न गएको मर्काको कुरा न्यायमूर्तिको चित्तमा पनि पर्न गएर दिइएको सफाइको फैसलाबाट पनि प्रष्ट हुन्छ।
निज अभियूक्तले कत्रो सफाइपूर्वक न्यायमूर्तिको चित्तलाइ यति छिटो शान्त पार्न कति ठूलो नोटको बिटो पुर्याएछ भनेर सामान्य मानिसले कल्पना गर्न सक्ने कुरै भएन। जति बिकाउ बन्न सक्यो उति टिकाउ हुने न्यायमूर्तिहरु भएको ठाउँमा संविधान र कानुन अनुसारको फैसला आउँछ अनि देश र जनताले न्याय पाउँछ भनेर सोच्नु त्यति उचित पनि नहोला।
न्यायमूर्तिको दर्जालाई लिलाम बढाबढबाट बिक्री गर्नेहरुले सही न्याय पाउनेमा फिक्री गर्नुलाई अन्यथा लिन पनि मिल्दैन। माग बमोजिम खर्च गरेर पद किन्ने ब्यक्ति हद गरेर बिक्यो भनेर चिन्ता गरेर कुनै काम छैन। जस्तो बिउ रोप्यो त्यस्तै फल फल्ने प्राकृतिक नियम नै हो।
त्यही भएर अहिलेको न्यायालय आश गर्नु भर नपर्नु खालको भएकोले पनि राजनैतिक दलहरुले सँसद पुनस्र्थापना र चुनाव दुवैतिर खुट्टा हालेर अनि त्यही अनुसारको कदम चालेर हिँडेका हुन्। एकतिरमात्रै लागेर भोलि यता न उता हुनुभन्दा जता ताल पर्छ उतै लागेर माल हत्याउनेलाइ नै सबैले पत्याउने हुनाले यो सहि बाटो हुनसक्छ।
चुनावमा बढारिनु भन्दा महाशत्रु भएपनि त्यो सित मिलेर सत्तामा मडारिनु धेरै बुद्धिमानी हो भनेर ज्यादैै कृत्रिम तरिकाले दलको एकता गरेर झण्डै तीन वर्षसम्मको किचकिचले अति भएर सरकार प्रधानले सबैको खती हुनेगरी संसद बिघटनको आत्मघाती निर्णय गरिदिएर सबैलाई सडकमा पुर्याइदिए। यसबाट सबैभन्दा बेइज्जत चाहिँ जनता र जनमतकै भएको छ।
जनमतको जतिसुकै दुहाई दिएपनि झण्डै दुइतिहाइको जनमत पाउँदा र देशमा सबैथोक गर्नसक्ने एकलौटी अधिकार आप्mनो हातमा आउँदा पनि त्यसलाई सही तरिकाले चलाउन नसक्नुलाई बाँदरको हातमा नरिवल बाहेक अरु के नै भन्न सकिन्छ र?
२०७७ । ९ । १७
Facebook Comment