प्रतिनिधिसभा विघटनप्रति राष्ट्रिय सभामा जितेन्द्र देवको आक्रोश

डिसी नेपाल
१७ पुष २०७७ १७:२३

काठमाडौं। राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कााग्रेसले प्रतिनिधिसभा विघटन गरेकोमा आक्रोश व्यक्त गरेको छ। शुक्रबार शुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै काँग्रेस सांसद जितेन्द्र देवले नेकपाको आन्तरिक विवादका कारण सरकारले संसद् विघटन गरेर देशलाई भड्खालोमा हालेको बताए।

उनले संसद् विघटन हुनु लोकतन्त्रमाथिको आक्रमण भएको बताएका छन्। उनले लोकतन्त्र समाप्त हुने आशंका बढेको बताए। उनले २००७ देखिको लडाईँबाट प्राप्त उपलब्धी गुम्ने अवस्था आएको बताए। उनले संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कुनै व्यवस्था नभएको भन्दै सरकारले असंवैधानिक कदम चालेको बताए।

जितेन्द्र वेदभन्दा पहिला बोलेका नेकपा राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले आफ्नो पार्टीका कारण संसद विघटन भएको बताएकोमा त्यसमा प्रश्न गर्दै काँग्रेस सांसद जितेन्द्र देवले भने, ‘तपाईँको दलको झगडामा देशलाई नै किन खाल्डोमा हाल्नु भयो।’ उनले संसद् विघटन गरेर संसदमा जनताको सार्वभौमसत्तामाथि प्रहार गरिएको बताए।

उनले संवैधानिक परिषद् सम्बन्धी अध्यायदेश फिर्ता लिनसमेत आग्रह गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *