अपशब्द प्रयोग गरेको कारण जाम्पालाई एक खेलको प्रतिबन्ध
काठमाडौं । अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पालाई एक खेलको प्रतिबन्ध लागेको छ । क्रिकेट अस्ट्रेलियाले जाम्पालाई कारवाही गरेको बताएको छ । साथै उनलाई २ हजार ५ सय अमेरिकी डलर जरिवाना समेत लगाईएको छ ।
मेलबर्न स्टार्सबाट बिग ब्यास खेलिरहेका जाम्पाले खेलका दौरान अपशब्दको प्रयोग गरेको भन्दै उनलाई २ हजार ५ सय अमेरिकी डलर जरिवाना र एक खेलको प्रतिबन्ध लगाईएको हो ।
जाम्पाले मंगलबार सम्पन्न सिड्नी थण्डरविरूद्धको खेलमा अपशब्दको प्रयोग गरेका थिए । उनले आफुमाथि लागेको आरोप स्विकार गरेका छन् ।उनले होबर्ट हुरीकेन्सविरुद्ध जनवरी २ मा खेलिने खेल गुमाउने भएका छन् ।
प्रतिक्रिया
Facebook Comment