प्रदेश नं १ मा थप ३१ जना सङ्क्रमित, ९५ जना निको

डिसी नेपाल
१८ पुष २०७७ २१:३७

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२८ जनाको पीसीआर परीक्षण गर्दा आठ महिला र २३ पुरुष गरी कूल ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसरी पुष्टि हुनेमा मोरङका १६ मध्ये विराटनगरका १०, सुनसरीका आठ, झापाका छ र प्रदेश बाहिरका एक छन् । योसँगै प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ८४३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९५ पुगेका छन् । उनीहरु होमआइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २८ हजार ५२५ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख नौ हजार २३९ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *