कोटेश्वरमा पेस्तोल देखाएर लुट्न खोजेपछि…
काठमाडौं। आइतबार बिहानै काठमाडौंको व्यस्थ चोक कोटेश्वरमा एकजना व्यक्तिले कटुवा पेस्तोल देखाएर मोबाइल लुट्ने प्रयास गरे। सडकमा हिँड्ने मानिसहरुले एकजनाले पेस्तोल देखेपछि प्रहरीलाई खबर गरे।
प्रहरी सूचना पाउनासाथ कोटेश्वर चोक पुग्यो। प्रहरीले पेस्तोल र त्यसको राउण्डसमेत बरामद गरेको छ। राधेराधे बस्ने युवराज आलेमगरमाथि लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ।
तर पेस्तोल कसको हो भन्ने विषयमा भने अहिलेसम्म केही खुलेको छैन। प्रहरीले यो विषयमा अनुसन्धान भइरहेको जनाएको छ। केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएकोसमेत प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment