प्रचण्डलाई ओलीले भनेः कार्यकारी दिएपछि उपद्रो गर्नु भो कार्यकारी हटाइदिएको छु, बैठकमा आउनुहोस

डिसी नेपाल
१९ पुष २०७७ १६:४३

काठमाडौं। नेकपा (ओली)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले बोलाएको बैठकमा आउन आग्रह गरेका छन्।

आफू निकट अनेरास्ववियूको भेलालाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘आउनुहोस बैठकमा, कार्यकारी दिएपछि उपद्रो मच्चाउनु भो, हटाइदिएको छु। अध्यक्षबाट हटाएको छैन।’

संसद् विघटन गरेपछि अहिले नेकपा दुई गुटमा विभाजित भएको छ। दुबै गुटले नेकपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। निर्वाचन आयोगले आफ्नो प्रक्रिया शुरु गरिसकेको छ।

नेकपा विभाजन भए पनि दुबैतर्फका कमिटीमा दुबैतर्फका नेताहरु छन्। अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यहिकुरा उल्लेख गरेका हुन्। उनले भने, ‘अध्यक्षबाट हटाएको छैन, वरिष्ठ नेताहरु वरिष्ठै हुनुहुन्छ। प्रवक्ताको जिम्मेवारी दिएको थिए। जे पनि बोलेपछि हटाएको छु। तर सचिवलायमै हुनुहुन्छ। बैठकमा आउनुहोस।’

अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै ओलीले अर्को गुटका नेताहरुलाई पनि बैठकमा आउन आव्हान गरिरहेका बेला उता नेकपा (प्रचण्ड–माधव) समूहको पेरिस डाँडामा स्थायी कमिटी बैठक चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *