प्रचण्डले गुटबन्दी गर्न खुमलटारमा २८० पटक बैठक गरेः भट्ट

डिसी नेपाल
१९ पुष २०७७ १६:५८

काठमाडौं। प्रचण्डलाई छोडेर ओलीतर्फ लागेका वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्ड अहोरात्र गुटबन्दी गर्दै आफ्नै निवासमा मात्र २८० र पेरिस डाँडामा ३५ पटक बैठक राखेको बताएका छन्।

कम्युनिष्ट आन्दोलनलाई धोका दिँदै बिदेशी शक्तिहरुका हतियारका रुपमा प्रचण्ड र माधव नेपाल लागिपरेको उनले आरोप लगाए। उनले मधव नेपालले तत्कालिन राजा ज्ञानेन्द्रलाई पैसा राखेर ढोगेको स्मरण गराउँदै प्रचण्डले जनमुक्ति सेनाको रगतमा खेलेको बताए।

अहिले दुबैजना मिलेर सडकमा आएको उनको भनाइ छ। प्रचण्डले कम्युनिष्ट आन्दोलनलाईमात्र नभएर सुशील कोईराला, शेर बहादुर देउवा हुँदै केपी ओलीसम्मलाई धोका दिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *