काँग्रेसद्वारा संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

डिसी नेपाल
१९ पुष २०७७ १७:१३

काठमाडौ। संसद विघटनलाई असंवैधानिक भनेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उनका अनुसार काँग्रेसले २५ पुसमा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने, ३ माघमा ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्ने र ८ माघमा ६ हजार ७४३ वडास्तरमा विरोधसभा गर्ने निर्णय गरेको छ।

यसअघि काँग्रेसले १५६ निर्वाचन क्षेत्रमा पुृस १३ मा विरोध प्रदर्शन गरेको थियो। संसद विघटनपछि प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध तोडेको नेकपा (प्रचण्ड–माधव) समूहले सँयुक्त आन्दोलनको प्रस्ताव गरे पनि काँग्रेसले एकल आन्दोलन गर्ने निर्णय गरेको हो। प्रवक्ता शर्माले ओलीका सारथीसँग मिलेर आन्दोलन नगरिने बताए। उनले प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिकता गुमाइसकेकोसमेत बताए।

काँग्रेसले सँयुक्त आन्दोलन गर्न नमानेपछि नेकपा (प्रचण्ड–माधव) समूहले पनि शनिबार एकल रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *