नेकपा प्रचण्ड-नेपाल समूहले नेताहरुको कार्यविभाजन गर्दै

डिसी नेपाल
१९ पुष २०७७ १८:३०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

उक्त कार्यदलले पार्टी भित्रका नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने र पार्टी एकताका थप काम गर्ने स्थायी कमिटी सदस्य गणेश शाहले बताए । उक्त कार्यदलमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, जनार्दन शर्मा, वेदूराम भूसाल, पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, गिरिराजमणि पोखरेल, र शक्ति बस्नेत रहेका छन् छन् ।

आजको बैठकले स्थायी कमिटी बैठकमा छलफल हुने एजेण्डाहरु तय गरेको छ । आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूबारे र ओलीले पार्न सक्ने प्रभावलगायत एजेन्डामाथि सोमबारको स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ। अर्को, बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *