काँग्रेस क्रियाशील सदस्यता केन्द्रमा बुझाउने मिति माघ मसान्तसम्म

डिसी नेपाल
१९ पुष २०७७ १९:१९

काठमाडौं। यसअघि नेपाली काँग्रेसको क्रियाशील सदस्यता मंसिर मसान्तसम्म केन्द्रमा पठाउने भनिए पनि अर्घाखाँचीबाहेक अन्य जिल्लाबाट केन्द्रमा क्रियाशील सदस्यता नआएपछि केन्द्रमा बुझाउने नयाँ मिति तोकिएको छ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले नयाँ मिति तोकेको हो। अब माघ मसान्तसम्म क्रियाशील सदस्यता केन्द्रमा पठाउनुपर्ने निर्णय गरिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

काँग्रेसको बैठकमा निर्णय गरिएको छ, ‘एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, केन्द्रबाट जारी भएको क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी परिपत्रको सबै प्रकृया पुरा गरी, क्रियाशील सदस्यताको नामावलीको सूची क्षेत्र र जिल्लामा प्रकाशित गरी पार्टीको विधान, नियमावली बमोजिमको आवश्यक कागजात र तोकिए बमोजिमको सदस्यता शुल्क सहित बुझाउने अन्तिम मिति २०७७ माघ मसान्त तोकिएको छ।’

आगामी फागुनमा काँग्रेसको महाधिवेशन गर्ने भनिए पनि अब फागुनमा महाधिवेशन नहुने निश्चित भएको छ। देशमा प्रतिनिधिसभा विघटनपछि नयाँ राजनीतिक परिस्थिति उत्पन्न भएपछि काँग्रेसमा महाविधेशनको विषय गौण बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *