सफ्टवेरिका कलेजमा ‘हल्ट प्राइज’ हुँदै, देशभरका १ सयबढी विद्यालयकाे सहभागिता रहने
काठमाडौं। सफ्टवेरिका कलेज अफ आइटि एण्ड ई–कमर्समा ‘हल्ट प्राइज’ प्रतियोगिता हुने भएको छ। हल्ट फाउण्डेशन, हल्ट इन्टेरनेशनल बिजनेश स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा आयोजना गर्ने उक्त प्रतियोगितामा देशभरका एक सयभन्दा बढी कलेजहरुले सहभागिता जनाउने छन्।
विद्यार्थीहरुको नोबल पुरस्कार भनेर चिनिने हल्ट प्राइज प्रतियोगिता एक विश्वव्यापी प्रतिस्पर्धा पनि हो। प्रतियोगिताको अन्तिम चरणमा पुग्ने विजेता विद्यार्थीहरुले एक मिलियन अमेरिकी डलर प्राप्त गर्ने छन्।
एउटा सानो विचारले लाखौँ मानिसलाई प्रभावित पार्न सक्छ र अनेकौ समस्याहरुको समाधान पनि गर्न सक्छ भन्ने धारणालाई आत्मासाथ गर्दै सञ्चालित हुन लागेको उक्त कार्यक्रम विद्यार्थी युवाहरुको लागि एक सुनौलो अवसर हो।
हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यमा आधारित रहेर एक विषय छनोट गर्ने गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरुले आफ्नो व्यापारका विचार प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसैगरी यस वष ‘फूड फर गुड’ विषयका रुपमा घोषणा भइसकेको छ र प्रतियोगिहरुले सोही विषयको सेरोफेरोमा रहेर आफ्नो उद्यमशील विचार प्रस्तुत गर्नु पर्ने छ।
आफ्ना विद्यार्थीलाई उद्यमशीलतउन्मूख गराउन पहिलेदेखि नै विभिन्न अवसर प्रदान गर्दै आएको सफ्टवारिका कलेजले हल्ट प्राइजलाई छोटो समयमा विद्यालयको प्रांगणमा ल्याउनु ठूलो उपलब्धि हो। जसका लागि कलेजले आफ्ना विद्यार्थीको लागि सहज वातावरणको भूमिका खेलेको छ।
त्यस्तै, सफ्टवेरिका कलेजले आफ्नो विद्यार्थीलाई उद्यमशीतालमा प्रोत्साहन गर्नको लागि पाँच लाख रुपैयाँको लगानी गरी आफ्नो विद्यार्थीहरुको व्यवसायलाई मजबुत बनाउन सहयोग गर्ने जनाएको छ।
कोर्स डाइरेक्टर फोर एथिकल ह्याकिङ एण्ड साईबरसेक्यूरिटीका ई.भाष राज पाठकले विभिन्न विधामा उल्लेखित उक्त प्रतियोगिता एथिकल ह्याकिङ एण्ड साईबरसेक्यूरिटी र कम्पयूटिमा आबद्ध विद्यार्थीलाई टेक्नोलोजीको उपयोग गरेर अहिलेको बिषयलाई समेट्न सम्पूर्ण प्रयास रहने बताएका छन्।
Facebook Comment