२४ घण्टामा चार हजार पीसीआर परीक्षण, ४०३ संक्रमित थपिए

काठमाडौं। सोमबार नेपालमा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ४ सय १ पीसीआर परीक्षण गर्दा ४०३ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५९४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८८५ पुगेको छ।
यस्तै हालसम्म ३४२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ५२ हजार ९०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment