तेक्वान्दोका राष्ट्रिय खेलाडीहरुको पहिलो चरणको प्रशिक्षण सुरु

डिसी नेपाल
२० पुष २०७७ १७:२०

काठमाडौं । नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलाडीहरुको पहिलो चरणको प्रशिक्षण आईतवारबाट सुरु भएको जनाएको छ । कोभिड–१९ का कारण केहि समयका लागि केन्द्रिकृत रुपमा रोकिएको प्रशिक्षण पुनः सुरु भएको संघले सोमवार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । संघले यसअघि सम्पूर्ण खेलाडीहरुलाई स्वास्थ्य सावधानी अपनाउदै आ–आफ्नो स्थानमा रहेर प्रशिक्षण गर्न निर्देशन दिएको थियो । संघले कोभिड–१९ का कारण नेपाल सरकारद्वारा जारी गरिएको बन्दाबन्दी, निषेधाज्ञा लगायतका साबधानीहरुलाई पालना गर्दे रोकिएको बिशेष प्रशिक्षणलाई स्वास्थ्य परिस्थिति र सम्भावित सहज अवस्थालाई प्राथमिकतामा राखी संचालन गरिएको जनाएको छ ।

आईतवार देखी सुरु भएको प्रशिक्षणको दुई हप्ता पछि बिभागिय टोलीका खेलाडीहरु लगायत अन्य खेलाडीहरुलाई पनि संभावित प्रोटोकलहरु अपनाउदै ग्योरोगि तथा पुम्से बिधाको प्रशिक्षणलाई तिव्रता दिने संघको योजना रहेको छ । प्रशिक्षण हाल संघको केन्द्रीय कार्यालय सातदोबाटोमा स्थित प्रशिक्षण हलमा बिहानीको समयमा संचालन भईरहेको संघले जनाएको छ । साथै पौष २१ बाट पारा राष्ट्रिय तेक्वान्दो टोलीका खेलाडीहरुको पनि प्रशिक्षण सुरुहुने संघको बिज्ञप्तीमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *