६ हजारको पीसीआर परीक्षण गर्दा ४०९ जनामा कोरोना पुष्टि

काठमाडौं। बुधबार नेपालमा थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ५ सय ५१ पीसीआर परीक्षण गर्दा ४०९ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४९५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८९९ पुगेको छ।
यस्तै हालसम्म ३४२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ६४ हजार १६० जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment