२४ घण्टामा ४१२ संक्रमित थपिए, मृतकको संख्या १९ सय नाघ्यो

काठमाडौं। विहिबार नेपालमा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार १ सय ३२ पीसीआर परीक्षण गर्दा ४१२ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९०३ पुगेको छ।
यस्तै हालसम्म ३४२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ६९ हजार २९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment