प्रदेश संरचना संघीयताको मुटुः मुख्यमन्त्री राई

डिसी नेपाल
२३ पुष २०७७ १९:५३

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताएका छन् । केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भएपनि प्रदेश संरचना नयाँ भएको उनले बताए । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालय पुगेका मुख्यमन्त्री राईले प्रदेश १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि संघीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताए ।

प्रदेश सरकारको मुटु पहिलो बर्ष राम्रै चलेपनि दोश्रो बर्षको अन्त्यदेखि समस्या देखिदै गएको आफुले पाएको उनले बताए । मुख्यमन्त्री राईले भने, ‘चालु आर्थिक बर्षको बजेट प्रस्तुत भएर पारित भईसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।’ प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ उले भने । समस्या पहिचान भएकाले उपचारको प्रकृया शुरु भईसकेको मुख्यमन्त्री राईको भनाई छ । उनले भने, ‘ मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनु भएको छ ।’ मुटुको सफल उपचारपछि सरकारलाई गतिशिल बनाउने उनले बताए । क्रोनिक एकै पटक देखा नपरेको मुख्यमन्त्री राईले बताए । आर्थिक मामिला मन्त्रालय कस्का कारण यो अवस्थामा आइपुग्यो भन्ने सवै रिपोर्टिङ आफुले पाएको उनले बताए ।

प्रदेश सरकारले सही र यथार्थपरक बजेट बनाउन नसकेको र वित्तिय अनुशासन कायम नभएकोबारे विभागिय मन्त्रीलाई पटक–पटक सचेत गराएको उनले बताए । उनले मन्त्रालयमा देखिएको वेथितिलाई पूर्णरुपमा निर्मुल गर्न निर्देशन दिएका छन् । प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उनले बताए। प्रदेशमा प्रणालीको विकास गरि अनुसन्धानमा आधारित विकास कार्यअघि बढाईने उनले बताए । वित्तिय अनुशासन कायम राख्न मन्त्रालयका कर्मचारीलाई उनले निर्देशन दिए । मुख्यमन्त्री राईले भने, ‘ गल्ती कमजोरी कहिँ कतैबाट हुन दिनुभएन ।’

पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिएपनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीहरुलाई उनले आग्रह गरे । मुख्यमन्त्री राईले भने, ‘ प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।’ आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उनले विश्वास व्यक्त गरे । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उनले बताए । आफु नेतृत्वको सरकार अघि बढ्ने बताउँदै उनले भन, ‘ कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला ।’ उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई उनको आग्रह छ । आर्थिक मन्त्रालयको नेतृत्व अव ठिक ढंगबाट हुने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *