राष्ट्रपति भण्डारीद्वारा स्विस राष्ट्रपतिलाई बधाई

डिसी नेपाल
२३ पुष २०७७ २०:३८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्विस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हालेकामा गी पार्मेलिनलाई बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपति भण्डारीले आफ्ना स्विस समकक्षीलाई आज सन्देश पठाएर उनिप्रति बधाई ज्ञापन गरेकी हुन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताउँदै नेपालको विकास प्रयासमा स्विट्जरल्याण्डबाट प्राप्त सहयोगको सराहना गरेकी छन् ।

उनले आगामी दिनमा स्विस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा पनि सन्देशमा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *