अब चुनावबाटमात्र प्रतिनिधिसभा फर्किन्छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
२४ पुष २०७७ १५:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन भएको प्रतिनिधिसभा अब चुनावबाट मात्र फर्किने जिकिर गरेका छन्। धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले संसद विघटन संवैधानिक भएको दाबी गर्दै उनले कुनै पनि हालतमा विघटित प्रतिनिधि सभा पुर्नस्थापना नहुने दोहो-याए।

उनले भने, ‘हिजो प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने भन्ने संविधानको मैले पनि समर्थन गरेको हुँ। तर, आफ्नै पार्टीको बहुमत भएका बेला पार्टी भित्रबाट नै काम गर्न नदिने वातावरण भएपछि संसद विघटनको सिफारिस गरेको हुँ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले सडक आन्दोलनको घोषणा गरेका छन्। उनीहरुले संसद पुर्नस्थापना हुन्छ भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीले जवाफ दिएका हुन्। प्रतिनिधि सभाको विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *