कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो

डिसी नेपाल
२४ पुष २०७७ १८:१४

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पुस २७ गते सोमबार बस्ने भनिएको बैठक माघ ६ गते मंगलबार बस्ने भएको छ ।

पुष १९ गतेदेखि स्थगित प्रमुख प्रतिपक्षी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २७ गतेका लागि बोलाइएको थियो। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍नेछ ।

प्रतिनिधिसभा विघटन भएपछि आकश्मिक रुपमा पुस ७ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले सरकारको सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक भएको निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *