जसले विधि मिच्छ, उसले विधिको कुरा गर्न मिल्दैन : मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
२४ पुष २०७७ २३:१०

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जुन नेताले गैर राजनीतिक चरित्र देखाएका छन् उनीहरुले नै विधिको कुरा गर्न नसुहाउने बताएका छन् । गुरुङले संसदीय दलमा छलफल नगरी अविश्वासको प्रस्ताव ल्याउने प्रयास गर्नु नै गैरराजनीतिक र संसदीय दलको विधिको उल्लङ्घन भएको बताउँदै जस्ले विधि मान्दैन उसैले सडकमा गएर विधिको कुरा भन्न नमिल्ने बताए ।

आज नेकपा जिल्ला कमिटी बागलुङले आयोजना गरेको जिल्ला भेलामा मुख्यमन्त्री गुरुङले राष्ट्रियताको पक्षमा उभिने, नाकाबन्दीको विरुद्धमा उभिने जनमत प्राप्त सरकारको प्रधानमन्त्रीविरुद्ध आफ्नै दलका नेता खनिनु भनेको राजनीतिक अराजकता र अनुशासनहिनता भएको टिप्पणी गरे । “समृद्धिको अभियान, दुई वर्षभित्र अल्पविकसित मुलुकलाई विकासशील मुलकमा लैजाने दृढ सङ्कल्पलाई विथोल्न आफ्नै पार्टीका नेताहरु लागे”, गुरुङले भने । मुख्यमन्त्री गुरुङले कार्यकर्ताहरुलाई सरकारले अपेक्षाकृतरुपमा समृद्धि हासिलतर्फ अगाडि बढेको बताउँदै हल्लाको र गुटको पछि नलागी मूल प्रवाहमा आउन आग्रह गरे । उनले ओलीपक्षनै विधानसम्मत रहेको बताएका छन् । मुख्यमन्त्री गुरुङले संसद् विघटन व्यवस्थालाई जोगाउन गरिएको र अदालतबाट संसद् पुनःस्थापना हुने कुरा न्यून रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *