सर्वाेच्चभन्दा जनता ठूलाे हुन् : देउवा

डिसी नेपाल
२५ पुष २०७७ १६:३३

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनेमा आफूलाई शंका लागेको बताएका छन्।

संसद् विघटनविरुद्ध काँग्रेसले शनिबार बुढानिलकण्ठमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले चुनाव गराउँछु त भनेको तर चुनाव गराउँदैनन् कि भन्ने आशंका रहेको बताए। चुनाव नगराए सबै दल मिलेर ओलीलाई सत्ताबाट हटाउने उनको भनाइ छ।

सभापति देउवाले संसद् विघटनविरुद्ध सर्वोच्चमा मुद्दा परेको उल्लेख गर्दै सर्वोच्चले गर्ने निर्णय काँग्रेसले मान्ने बताए। तर, सडकबाट सर्वोच्चलाई यो गर र उ गर भनेर दबाब भने दिन नहुने बताए।

उनले संसद् विघटनलाई सर्वोच्चले सदर गरेमा काँग्रेसलाई चुनावमा जान कुनै समस्या नरहेको बताए। र त्यस्तो बेला प्रचण्डहरु पनि चुनावमा जाने दावी गरे। उनले चुनावमा जाँदा केही नबिग्रनेसमेत बताए। उनले सर्वाेच्चभन्दा जनता ठूलाे भएकाेसमेत दावी गरे।

शनिबार काँग्रेसले देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा संसद् विघटनविरुद्ध विरोधसभा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *