प्रचण्ड भारतबाट फर्किए

डिसी नेपाल
२५ पुष २०७७ १९:०६

काठमाडौं। पत्नि सिता दाहालका लागि भारत गएका नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। प्रचण्ड शनिबार अपरान्ह ४ बजे काठमाडौं आइपुगेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

सिता दाहालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि एक हप्ता अघि भारतको मुम्बई लगिएको थियो। मुम्बईको अस्पतालमा सिताको उपचार भइरहेको छ।

हाल स्वास्थयमा सुधार भएको सापकोटाले जानकारी दिए। उनका अनुसार सिता दाहालको पहिलो अपरेशन सफल भएको छ।

प्रचण्डले भारतमा रहँदा राजनीतिक भेटघाट गर्ने अनुमान गरिए पनि त्यस्तो भेटघाट नभएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *