सरकारलाई काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली

डिसी नेपाल
२६ पुष २०७७ १३:३७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्नुको कारण बताएका छन्। आइतबार राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई जनअपेक्षा अनुसारक काम गर्न नदिएको, पार्टी र सरकार कमजोर बनाउन वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म २८० वटा बैठक बसेको दाबी गरे।

‘सरकारलाई काम गर्न नदिने, संसदलाई प्रभावकारी ढंगले काम गर्न नदिने, संसदमा पेश गरेका विधेयक निणयार्थ पेश नगर्ने अनि संसदीय प्रणालीलाई दोष दिने?,’ प्रधानमन्त्री ओलीले भने, ‘आफूले पाँच वर्ष सरकार टिकाउन धेरै कोशिश गरेँ, तर गएको बैशाख १३ गतेदेखि पुस ४ गतेसम्म एउटै नेताको घरमा २८० पटक बैठक बस्यो। अन्य नेताको घरमा ३५ वटा र दुई तीन जना नेताको बैठक त कति हो कति।’

प्रधानमन्त्री ओलीले जनताले सरकार पाँच वर्षसम्म टिकोस र राजनीतिक स्थिरता कायम होस भन्ने चाहेको तर पार्टीभित्र आफूलाई हटाएर राजनीतिक अस्थिरता बनाउन खोजेको जिकिर गरे।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विकास निर्माणका कामलाई द्रुतगत रुपमा अगाडि बढाएको, रानी पोखरीको निर्माण सम्मन्न भएको, धरहराको निर्माण अन्तिम चरणका पुगेको र भूकम्पपछि सात लाख घर पुननिर्माण गरेर जनतालाई हस्तान्तरण गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *