२४ घण्टामा २५९ संक्रमित थपिए, सक्रिय संक्रमित ४ हजार ४ सय

काठमाडौं । शनिबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५१३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९१७ पुगेको छ।
यस्तै हालसम्म २५७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १८ लाख ८२ हजार २४६ जनाको पीसीआर परिक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment