भायानेटको डाटा ह्याक गर्ने पक्राउ

डिसी नेपाल
२६ पुष २०७७ १९:०५

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटका ग्राहक तथ्याङ्कमा अनधिकृत पहुँच पु¥याई गोप्य सूचना फेसबुक, इन्स्टाग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोमा प्राप्त निवेदनका आधारमा गरिएको अनुसन्धानका क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने ती व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ । उनले विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राखेको आरोपमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेको ब्यूरोले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *