थप ४८८ जनालाई कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौं । सोमबार नेपालमा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५२७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९२७ पुगेको छ।
यस्तै हालसम्म २३७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १८ लाख ८७ हजार ५५५ जनाको पीसीआर परिक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment