उपत्यकामा थारुको माघी रौनक [फोटो फिचर]
![उपत्यकामा थारुको माघी रौनक [फोटो फिचर]](https://www.dcnepal.com/wp-content/uploads/2021/01/Sequence-01.01_48_04_05.Still011.jpg)
काठमाडौं। कोरोना महामारीकाबीच थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। थारु समुदायले हर्षोल्लासकासाथ टुँडीखेलमा मनाउने गरेको यो पर्व विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण त्रासका कारण बृहत रुपमा हुन सकेन।
मुलुकका विभिन्न भागबाट आएर उपत्यका काठमाडौंमा बस्दै आएका थारु समुदायले बिहीबार सामूहिक रुपमा अनामनगरमा विशेष कार्यक्रम गरि यो पर्व मनाएका छन्।
थारु यूवा सभा र थारु विद्यार्थी समाजको संयूक्त आयोजनामा भएको कार्यक्रममा करिव २ हजार भन्दा धेरै थारु समुदायका मानिसहरुको सहभागिता रहेको थारु भाषा साहित्य समाजका केन्द्रिय सदस्य राकेश सिंहले बताए। उनले भने, ‘गत वर्षहरुमा माघी पर्व टुँडीखेलमा १० औं हजार मानिसकाहरुका बीचमा मनाइन्थ्यो। तर, कोरोना संक्रमण त्रासका कारण यो वर्ष हामीले विभिन्न ठाउँमा छुट्छुट्टै कार्यक्रम गरि माघी मनाउँदै छौँ।’
थारु समुदायका मानिसले नयाँ वर्ष २६४४ को शुरुवातको रुपमा मनाइएको छ। यो समुदायले प्रत्येक वर्ष माघी पर्वका अवसरमा संस्कृति, भेषभूषा, बाजागाजा र परम्परागत थारु नाचगान गरि हर्षउल्लासका साथ यो पर्व मनाउँदै आयका छन्।
विभिन्न तलाउ अथवा नदीमा नुहायर सुर्यको पूजा गर्ने प्रचलन रहिआयको छ। साथै यो पर्वमा खानेकुराका विभिन्न परिकार घुँगी, केकरा, ढिक्री, तिलको लड्डु, सितुवा, परेवाको मासु, सुँघुरको मासु लगायतका परिकार बनाइ मिठो मिठो खाने प्रचलन रहेको छ।
Facebook Comment