उत्साहित बालुवाटार : अबको लक्ष्य बैशाख १७ र २७

डिसी नेपाल
२ माघ २०७७ ७:४७

काठमाडौं। हठात् प्रतिनिधिसभा विघटन गरेपछि रक्षात्मक बनेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आक्रमक बन्दै गएका छन्। देशव्यापी रुपमा आफ्नो समूहको भेला, सभा सम्मेलन र प्रशिक्षण पछि मुलुक निर्वाचनमय भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री ओलीले निर्वाचनलाई आधार मानेर गतिविधि गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

पार्टी विभाजनपछि आफ्नो शक्ति आँकलन गर्न ओली नेतृत्वको नेकपाले सातवटै प्रदेशमा नेतालाई खटाएको थियो। आफू कमजोर महशुस गरेको दुई नम्बर प्रदेशमा प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाभन्दा आफू बलियो भएको बलियो भएको बालुवाटारले निकष्र्ष निकालेको छ।

कुनै बेला प्रवेश गर्नसमेत कठिन भएको दुई नम्बर प्रदेशमा आफ्नो पक्षमा माहोल बनेपछि ओली उत्साहित भएका छन्। उपप्रधानमन्त्री इश्वर पोखेरल, दुई नम्बर प्रदेश अध्यक्ष प्रभु साह, रघुवीर महासेठ, जुली महतोलगायतका नेता दुई नम्बर प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएका छन्।

पार्टी विभाजन हुँदासमेत आफ्नो समूहलाई ठूलो क्षति नपुगेको निष्कर्ष निकालेको बैठकले बैशाख १७ र २७ लाई मध्यनजर गर्दै अभियान चलाउने निर्णयसमेत गरेको छ।

‘सातवटै प्रवेशमा खटिनु भएका कमरेडहरु अहिले काठमाडौं आएर प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नु भएको छ, उहाँहरुको ब्रिफिङ सुनेर प्रधानमन्त्री उत्साहित हुनु भएको छ,’ ओली निकट स्रोतले भन्यो, ‘प्रतिनिधिसभा विघटन भएपछिका केही दिन वातावरण सन्तोषजनक थिएन, तर पछिल्लो १५ दिनका घटनाक्रमलाई विश्लेषण गर्दा अधिकांश राजनीतिक दल र जनता पनि चुनावप्रति सकारात्मक रहेको पायौं।’

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली नेतृत्वको नेकपाको स्थायी कमिटीको अनौपचारिक बैठक बसेको थियो। बैठकमा सातवटै प्रवेशमा खटिएका नेताहरुले ब्रिफिङ गरेका थिए।

पार्टी विभाजन हुँदासमेत आफ्नो समूहलाई ठूलो क्षति नपुगेको निष्कर्ष निकालेको बैठकले बैशाख १७ र २७ लाई मध्यनजर गर्दै अभियान चलाउने निर्णयसमेत गरेको छ।

उक्त छलफलमा निर्वाचन आयोग र सर्वोच्च अदालतले के निर्णय गर्छ भन्ने विषयमा पनि छलफल भएको थियो। संसदीय दलका उपनेता सुवास नेम्वाङले विगतका नजिर र कानुनलाई आधार मान्दा चुनाव चिन्ह र पार्टीको आधिकारिकता आफूहरुले नै पाउने बताएका थिए।

संसद पुनस्र्थापना नहुने र पार्टीको मुल नेतृत्व आफूहरु नै हुने भएपछि अहिले अर्को समूहमा लागेका कार्यकर्ता पनि विस्तारै आफूहरुकै नेतृत्वमा आउने निष्कर्ष निकालेको बैठकमा प्रचण्ड र माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको विषयमा पनि छलफल भएको थियो। तर देउवाले प्रचण्ड र नेपाललाई साथ नदिने बैठकले निष्कर्ष निकालेको थियो।

संसद विघटनको विरुद्ध प्रचण्ड–माधव नेपालले आन्दोलन जारी राखेपनि त्यो आन्लोलन खासै प्रभावकारी नदेखिएको र कांग्रेसले आन्दोलनका नाममा चुनाव प्रचार गर्न थालेको भन्दै अब तोकिएकै मितिमा निर्वाचन हुने र त्यसको तयारीमा लाग्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *