शनिबार थप २४० जनामा कोरोना, ६ जनाको मृत्यु

काठमाडौं। शनिबार नेपालमा थप २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४७७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९५४पुगेको छ।
यस्तै हालसम्म २३१ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ८ हजार ९४४ जनाको पीसीआर परिक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment