नेपाल भारतको भाई जस्तै भएको भारतीय रक्षामन्त्रीको भनाइ

डिसी नेपाल
३ माघ २०७७ २१:०६

काठमाडौं। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल भारतको परिवार भएको बताएका छन्। भारतीय टिभी च्यानल आजतकको ‘सिधी बात’ कार्यक्रममा प्रश्नहरुको उत्तर दिनेक्रममा मन्त्री सिंहले यस्तो बताएका हुन्।

उनले नेपालसँग भारतको ‘रोटी बेटीको’ सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल भारतको भाई जस्तै भएको बताएका छन्। उनले भनेका छन्, ‘हामीले भुल्नु हुँदैन, नेपाल छिमेकीमात्र होइन हाम्रो परिवार पनि हो। भाई जस्तै हो। भाई कुनै कुरामा रिसाए उसँग बसेर कुरा गर्नुपर्छ। हामी नेपालसँग बसेर कुरा गछौं।’

भारतले नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो भूमि समेटेर नयाँ नक्सा संसदबाट अनुमोदन गरेको थियो। त्यसपछि दुई देशको सम्बन्धमा तिक्तता बढेको थियो। तर, पछिल्ला दिनहरुमा आपसी सम्बन्धमा विश्वासको वातावरण बन्दै गएको छ। शनिबारमात्र परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणबाट स्वदेश फर्किएका छन्।

स्मरण रहोस शनिबार यो टिभी कार्यक्रममा सहभागी हुनुअघि सिंह र नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच दिल्लीमा भेटवार्ता भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *