सत्तालोभका कारण अहिलेको अवस्था सिर्जना भयोः मन्त्री अर्याल

डिसी नेपाल
३ माघ २०७७ २२:००

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेर सत्तामा पुग्ने लोभमा लागेका कारण अहिले अवस्था सिर्जना भएको बताएकी छन् । अखिल नेपाल महिला सङ्घको केन्द्रीय कमिटीको दोस्रो बैठकमा आज उनले पार्टीको अनुशासन नमानेर आफ्नै पार्टीका अध्यक्षबिरुद्ध हस्ताक्षर सङ्कलन गर्दै हिँड्ने र आफ्नै राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन तयारी गरेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताइन् ।

“प्रतिनिधिसभा विघटन नभएको भए प्रधानमन्त्री र राष्ट्रपतिलाई अहिलेसम्म फ्याकिसक्थे”, मन्त्री अर्यालले भनिन्, “आफ्नालाई हटाएर सत्ता कांग्रेसलाई सुम्पिने थिए ।” लेनिवादी सङ्गठनात्मक सिद्धान्तलाई कमजोर बनाएर पार्टी एकता भएका कारण वर्तमान अवस्था आएको उल्लेख गर्दै उनले भनिन्, “पार्टीभित्र कहिल्यै सरकार कसरी चलाउने रु कसरी एकता कायम राख्ने भन्नेबारेमा कहिल्यै छलफल चल्न सकेन, मलाईभन्दा दुःख भागवण्डामा मात्र नेता लागे, आजको अवस्था सत्ताका कारण उत्पन्न भएको हो ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले पार्टी एकताको नाममा केही नेताको सत्तालोभका कारण गठबन्धन गरेका अहिले पुष्टि भएको बताइन् । “जहिले बैठकमा पद छोड मात्र भन्ने, महाधिवेशनवाट पद छोड्छुभन्दा पनि तीन महिना कुर्न सक्नुभएन” मन्त्री महत्तोले भनिन्, “कतिपय नेताले सङ्गठन र पार्टीभित्र हाम्रा होइन मेरा भन्ने मानसिकता बोकेका कारण आजको परिस्थिती आएको हो, नेतृत्वका बारेमा भ्रम सिर्जना गर्नेलाई मुकाविला गर्नुपर्छ ।”

अनेम सङ्घका अध्यक्ष सीता पौडेलले प्रधानमन्त्रीमाथि आफ्नै पार्टीका सचिवालय सदस्यले अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिविरुद्ध महाअभियोग दर्तासम्मको योजनाका कारण प्रतिनिधिसभा विघटन भएको बताइन् । दुई दिने बैठकमा नेतृ पौडेलले विस्तारित समितिको भेला बैठक गर्न, राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर राजनीतिक गतिविधिलाई तीव्र पार्न र निर्वाचनको माहौल बनाउने काममा लाग्न अनेमसङ्घका नेता कार्यकर्तालाई निर्देशनसमेत दिइन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *