पैसाको लागि सामूहिक बलात्कारको नाटक, युवती पक्राउ
![पैसाको लागि सामूहिक बलात्कारको नाटक, युवती पक्राउ](https://www.dcnepal.com/wp-content/uploads/2020/10/Rape-1.jpg)
काठमाडाैं। तीन दिनअघि आफू सामूहिक बलात्कार परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइकराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पीडकको खोजीमा लाग्यो । तर कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको युवतीलाई नै पक्राउ गरेको छ ।
प्रहरीले अनुसन्धानकै क्रममा झुटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो। उनीहरुमाथि जबरजस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ।
युवती पुस २८ गते इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन्। इलाकाले मुद्दा गम्भीर भएको भन्दै जिल्ला प्रहरमिा पीडितलाई पठायो।
‘म ओखलढुंगाबाट काठमाडौँ जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो। बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुर ल्याए। अनि दुई तले घरमा लगेर रातभर बलात्कार गरे,’ उनले प्रहरीलाई बताएकी थिइन्। आजको कान्तिपुर दैनिकमा समाचार छ ।
Facebook Comment