ओली र प्रचण्ड दुवैजना चुनाव चाहँदैनन् : सिपी गजुरेल नेता, नेकपा (क्रान्तिकारी माओवादी)

डिसी नेपाल
६ माघ २०७७ ७:१२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशको राजनीतिले नयाँ मोड लिएको छ। प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै अधिकांश राजनीतिक दलले सडक आन्दोलन सुरु गरेका छन्। तर हरेक विषयमा आन्दोलन गर्दै आएको नेकपा क्रान्तिकारी माओेवादी भने यो विषयमा मौन जस्तै छ।

आखिर प्रधानमन्त्री ओलीको कदमलाई लिएर मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी किन मौन छ? यो र अन्य समसामयिक विषयमा नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलसँग गरिएको कुराकानीको सम्पादित अंश:

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि अधिकांश राजनीतिक दल सडक आन्दोलनमा उत्रिएका छन्। तपाईँहरुको पार्टीले यो विषयमा खासै प्रतिक्रिया जनाएको छैन। प्रधानमन्त्रीको कदमप्रति तपाईँहरुको समर्थन हो ?

हामीले यो कदमको विरोध नगर्नुको पछाडि दुई वटा कारण छन्। हामीले अन्य विषयमा पनि आन्दोलन गरिरहेका थियौं। यो विषयलाई पनि त्यसैमा थपेर आन्दोलन गर्दा पनि हुन्थ्यो। तर हामीले यो बिषयलाई मात्र लिएर आन्दोलन गरेका छैनौँ। अहिले जुन अन्य राजनीतिक दलले यो विषयमा दुई वटा विकल्प प्रस्तुत गरेका छन्, ती दुवैवटा विकल्पले मुलुकलाई निकास दिँदैन।

राष्ट्रलाई फाइदा पनि छैन, जनतालाई पनि फाइदा छैन। संसद पुनःस्थापनाको माग जुन प्रचण्डजी, बाबुरामजीहरुले गरिरहनु भएको छ, पुनःस्थापना भयो भने त्यही पुरानो संसद ब्यूँतिने हो। त्यही संसदले ओलीजीलाई प्रधानमन्त्रीमा चुनेको हो।

त्यसैले त्यही संसद ल्याउनलाई आन्दोलन गरेर जनतालाई फाइदा छैन। ओलीजीले जुन मिठो भाषामा भन्नु भएको छ, ताजा जनादेश लिन जाने भनेर। चुनाव त्यतिखेर हुन्छ भनेर कसैले पत्याएकै छैनन्। किनभने उहाँलाई अविस्वासको प्रस्ताव आउने देखेर उहाँले विघटन गराउनुभयो।

हामीले प्रतिगमन किन भनिराखेका छौँ भने उहाँहरुले राष्ट्रपतिलाई प्रयोग गर्दै राष्ट्रपति शासन लागू गर्ने, संकटकाल घोषणा गर्नेतिर छ। प्रधानमन्त्रीकोे ध्यान रहेको हुनाले त्यो प्रतिगमनको बाटो हो। त्यसकारण त्यसको विरोध हामीले गरेका छौं। तर पुनःस्थापनाका लागि आन्दोलन गर्नुको तुक हामीले देखेका छैनौँ।

चुनाव हुँदैन भन्नेमा विषयमा किन शंका गर्दै हुनुहुन्छ। ?

अहिले निर्वाचन गराउने हो भने ओलीजीको सिट धेरै आउँदैन। सबै पक्ष विरोधमा भएका बेला सिट कम आउने भएपछि निश्चित रुपमा उहाँले चुनाव गराउनुहुन्न। कि त पर सार्न सक्नुहुन्छ। अर्को कुरा उहाँले यो कोर्ष नै चेन्ज गर्न पनि सक्नुहुन्छ।

त्यो भनेको चर्चाहरु चलेजस्तै भारतको डिजाइमा बेबी किङ राखेर होस् वा गणतन्त्र नै धरापमा पार्ने खालका व्यवस्थाहरु ल्याउने र आफ्नो निरन्तरता त्यहाँबाट गर्न सक्नुहुन्छ। किनभने चुनाव गर्यो भने तर हारिन्छ, हारेपछि छोडनुपर्छ। उहाँ त्यो छोड्न पनि चाहनुहुन्न, कसैगरी पनि सत्तामा रहनुपर्यो उहाँलाई। त्यसैले उहाँले चुनाव गराउनुहुन्न।

के प्रचण्ड पनि सत्ता नभई बस्नै नसक्ने चरित्रका नेता हुन्?

प्रचण्ड त्यस्ता मान्छे हुन्, जता पनि जान सक्ने उनमा आफ्नो स्वार्थ यस्तो कुटकुट भरिएको छ कि आफनो स्वर्थ पूरा हुन्छ भने उनी जता पनि जान सक्छन्। उनी ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन तयार पनि हुन्छन्।

अहिले निर्वाचन गराउने हो भने ओलीजीको सिट धेरै आउँदैन। सबै पक्ष विरोधमा भएका बेला सिट कम आउने भएपछि निश्चित रुपमा उहाँले चुनाव गराउनुहुन्न। कि त पर सार्न सक्नुहुन्छ। अर्को कुरा उहाँले यो कोर्ष नै चेन्ज गर्न पनि सक्नुहुन्छ। त्यो भनेको चर्चाहरु चलेजस्तै भारतको डिजाइमा बेबी किङ राखेर होस् वा गणतन्त्र नै धरापमा पार्ने खालका व्यवस्थाहरु ल्याउने र आफ्नो निरन्तरता त्यहाँबाट गर्न सक्नुहुन्छ।

फेरि गला मिलाएर लौ हामी मिलेर चुनावमा जान पनि सक्छन्। जनयुद्धको चुनवाङ बैठकसम्म प्रचण्डको त्यस्तोे चरित्र थिएन। त्यसपछि जनयुद्ध स्थापित भयो, पार्टी ठूलो भयो, बिस्तारै हैसियत पनि बन्यो, त्यसकारण अब सत्तामा जाने हो भनेर उनी त्यतातिर दगुर्न थाले।

तोकिएको समयमा चुनाव भयो भने प्रचण्ड नेपाल समूह चुनावमा आउने संभावना कतिको छ?

अहिलेको अवस्थामा उनीहरु सामान्यतया चुनावमा नजानुपर्ने हो। किनभने उनीहरुले त्यो त हुँदैहुँदैन प्रतिगमन हो कुनै हालतमा स्विकार्न सकिँदैन। बरु म मर्न तया छु तर यो प्रतिगमन स्किार्न सक्दिन भनेर भनेका छन्। त्यही प्रतिगमनलाई समर्थन गर्न त गाह्रो पर्छ प्रचण्डलाई।

हुन त उनले धेरैचोटी यस्तो काम गरेका छन्। भन्न त सकिँदैन। तर, उनलाई अप्ठ्यारो पर्छ। उनी सहजै यो कुरा चाहाँदैनन्। यदि उनीहरु चुनावमा गइहाले भने पनि उनीहरुको राम्रो प्रदर्शन हुँदैन। किनभने चुनावको विरोध गर्ने त्यही चुनावमा भाग लिने भएपछि त जनमत कसरी आउँछ त।

नेकपाको पुनः पार्टी एकता हुने वा चुनावमा गठबन्धन गर्ने सम्भावता कत्तिको देख्नुहुन्छ?

अब म चाँही देख्दिन। किनभने यति शत्रुतापूर्ण भइसक्यो कि अब फेरि तत्कालै मिल्न सक्दैनन्। २/४ वर्ष ग्याप हुनु बेग्लै कुरा हो अहिले उनीहरुलाई गाह्रो पर्छ। उनीहरु आपसमा मिल्ने भन्दा पनि कांग्रेलाई लिएर गठबन्धन बनाउनेतर्फ दुईवटै पछि लागेका छन्।

तपाईँहरुले विप्लवसँग पनि सहकार्य गर्ने निर्णय गर्नुभएको छ, तपाईँहरु अहिले खुल्ला राजनीतिमा हुनुहुन्छ, विप्लव भूमिगत छन्। यस्तो बेलामा सहकार्य कसरी हुन सक्छ?

अहिलेको नेपालको राजनीतिमा दुई धार जस्तो मात्रै देखिएको छ। एउटा संसद पूनःस्थापनाको धार अर्को नयाँ जनादेशको धार। राजनीति यसैमा विभाजित छ। हाम्रो भनाइ के भने, यो दुईवटा मध्ये कुनै भएर पनि यहाँको समस्या समाधान हुँदैन। राष्ट्र र जनताको पक्षमा छैन। त्यसकारण हामी अर्को विकल्पमा जानुपर्छ भन्नेमा छौँ।

अहिलेको अवस्थामा उनीहरु सामान्यतया चुनावमा नजानुपर्ने हो। किनभने उनीहरुले त्यो त हुँदैहुँदैन प्रतिगमन हो कुनै हालतमा स्विकार्न सकिँदैन। बरु म मर्न तया छु तर यो प्रतिगमन स्किार्न सक्दिन भनेर भनेका छन्। त्यही प्रतिगमनलाई समर्थन गर्न त गाह्रो पर्छ प्रचण्डलाई।

अर्को विकल्प भनेको पहिले जो हाम्रो जनयुद्ध गर्दाखेरीकै जनगणतन्त्र थियो त्यही विकल्प। हामीले जे का निम्ति जनयुद्ध लड्यौँ त्यो प्रचण्डहरुले छाडिदिएका हुन्। त्यसकारण जनगणतन्त्र विकल्प हो। त्यो विकल्पलाई विप्लवहरुले पनि मान्छन् हामीले पनि मान्छौँ। त्यही विकल्पका लागि लड्नलाई त हामीले शक्ति सञ्चय गर्नुपर्यो। त्यसैले हामीले ठिकै छ भनेर सहकार्य गरेका छौँ।

त्यो भनेर अहिले जनयुद्धमा जाने भन्ने हुँदैन। त्यो परिस्थिति पनि छैन, समय पनि छैन। अहिले जनतालाई जुन अधिकारहरु प्राप्त भएको छ। त्यो अधिकारहरुलाई प्रयोग गर्न पाउन्जेल हतियार उठाउन आवस्यक पर्दैन। जब त्यसलाई पनि बन्देज लगाइयो भने अरु उपाय छैन। हामीले अहिले त्यसैअनुसार गर्ने हो।

पार्टी विभाजन भइसकेपछि प्रचण्डसँग तपाईँहरुको पार्टी एकता हुने संभावना कतिको देख्नुहुन्छ?

पार्टी एकीकरणको त कुरै छोडौँ अहिले हामीले मिलेर कार्यक्रम गरौँ भन्दा त कुरै मिलेको छैन। जबकी हामी सुरुदेखि नै भनिराखेका छौँ, यो कम्युनिष्ट पार्टी नै होइन। कम्युनिष्ट पार्टीसँग कुनै कार्यगत एकता गर्न त कम्युनिष्ट पार्टी नै चाँहिदैन। एजेन्डा मिल्यो भने कार्यगत एकता त हुन सक्छ। त्यो त मिलिराखेको छैन उनीहरुसँग भने अब पार्टी एकताको त कल्पनै हामी नगरौँ।

भिडियो संवादमा नेता गजुरेललाई अध्यक्ष भनेर गरिएको सम्वोधनप्रति हामी क्षमा चाहन्छौं। गजुरेल अध्यक्ष नभइ नेता हुन्।

नेता गजुरेलसँग डिसी नेपालका लागि मदन कोइरालाले गरेको भिडियो संसाद। साथमा तर्कबहादुर थापाधनकुमार कार्की।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *