४ हजार ९ सय पीसीआर परीक्षण गर्दा ३४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। मंगलबार नेपालमा ४ हजार ९५६ जनाको पीसीआर परिक्षण गर्दा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४४१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६्र२ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९६९पुगेको छ।
यस्तै हालसम्म १९० जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख २१ हजार ७१४ जनाको पीसीआर परिक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment