प्रदेश नम्बर एकको प्रदेशसभा अधिवेशन आजदेखि

डिसी नेपाल
७ माघ २०७७ ७:४४

काठमाडाैं। प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन आजदेखि शुरु हुँदैछ। सत्तारुढ पार्टीभित्र देखिएको शक्तिसंघर्षले प्रदेशको राजनीतिलाई समेत प्रभावित पारेको बेला प्रदेश १ को अधिवेशन शुरु हुन लागेको हो।

यसैबीच प्रदेशसभा अधिवेशनका लागि रणनीति बनाउन सत्तारुढ नेकपाको दुवै समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छुट्टाछुट्टै बैठक बसेको छ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव तथा संसदीय दलले प्रदेश सांसदहरुलाई कारवाही गरेको अवस्थामा नेकपा दुवै पक्ष र नेपाली कांग्रेसको बैठक बसेको हो।

नेकपा भित्रको विवादका कारण प्रदेश सभा अधिवेशन संचालनमा अन्यौल र आशंका उत्पन्न भएका कारण पनि सत्तारुढ दल नेकपाको दुबै समूह र प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठकलाई महत्वका साथ हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *