आज भारतबाट १० लाख कोरोना खोप खोप ल्याइँदै

डिसी नेपाल
८ माघ २०७७ ७:०९

काठमाडौं। नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ। सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ।

नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइनेछ।

भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने सम्बन्धमा बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारबाट नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागिएको जानकारी दिए। उनले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ। पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ।

पहिलो चरणमा आएको खोप न्यायपूर्णरूपमा वितरण हुने भन्दै खोप पहिले कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेकाले समस्या नहुने मन्त्रालयले जनाएकाे छ। प्राथमिकताअनुसार खोप वितरण हुने मन्त्रालयले जनाएकाे छ। यसअघि औषधि व्यवस्था विभागले नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ । खोप लगाउने ठाउँमा खोप लगाइसकेपश्चात् सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । अवाञ्छित घटना घटे सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ ।

स्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप हो । कोरोनाविरुद्धको खोप कोभिसिल्डमा पाइने पदार्थबाट पहिलादेखि नै एलर्जी हुने समस्या छ भने त्यस्ता व्यक्तिलाई कोरोनाको खोप लगाउन हुँदैन।

कोभिसिल्डमा एल हिस्टिडाइन, एल हिस्टिडाइन हाइड्रोक्लोराइड मोनोहाइड्रेट, डिसोडियम एडिटेट डाइहाइड्रेट, म्याग्नेसियम क्लोराइड हेक्साहाड्रेट, पोलिसाबेट ८०, इथानोल, सुकरोज, सोडियम क्लोराइड र सुईका लागि पानी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *