बिहिबार तोलामा ६ सय बढ्यो सुन
काठमाडौं। साताको पाँचौँ दिन बिहिबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ।
बुधबार प्रतितोला तोलामा ५ सय बढेको सुनको मूल्य प्रतितोला बिहिबार ६ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहिबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
Facebook Comment