मुख्यमन्त्री पौडेल विरुद्ध दर्ता अविश्वासको प्रस्तावका विषयमा धारणा बनाउन देउवा निवासमा बैठक

डिसी नेपाल
९ माघ २०७७ ११:०१

काठमाडौं। बाग्मती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा आफ्नो धारणा बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बैठक बसिरहेको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र तीन नम्बर प्रदेशका केन्द्रीय सदस्यहरुबीच बैठक जारी रहेको सभापति देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल विरुद्ध प्रचण्ड–माधव नेपाल समूहको नेकपाले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। उक्त प्रस्ताव माथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल सुरु हने प्रदेश सचिवालयले जनाएको छ।

मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा कांग्रेसले निर्णय गरिसकेको छैन। देउवा निवासमा जारी बैठकले अविश्वासको प्रस्सतावका विषयमा ठोस निर्णय गर्ने बताइएको छ।

प्रदेश-१ मा प्रचण्ड माधव पक्षले भीम आचार्य र वागमतीमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएका छन्। कांग्रेसलाई दुवै पक्षले सत्ता सहकार्यको प्रस्ताव राखेका छन्।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *