प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाः राजपत्रमा प्रकाशित सूचना इजलासमा पेश

डिसी नेपाल
९ माघ २०७७ १२:४८

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइ सुरु भएको छ। महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन्।

बिहीबारको निवेदकका कानुन व्यवसासीले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए।
उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको थियो।

पुस ५ मा सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा त्यस निर्णयविरुद्ध विभिन्न १३ वटा रिट दायर भएर र हाल ती रिटमाथि रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा बहस भइरहेको छ।

ती रिटमाथिको पहिलो सुनुवाई पुस ८ मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा भयो भने त्यसपछि पुस १०, पुस २२, पुस २९, माघ २, माघ ४, माघ ५, माघ ६, माघ ७, माघ ८ र शुक्रबार प्रधानन्यायाधीश राणाको नेतृत्वमा रहेको ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *