संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको छ : महामन्त्री डा कोइराला

रासस
१० माघ २०७७ २२:२५

कैलाली । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताएका छन् । कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गरे ।

“तेरो र मेरो नभनिकन सबै एक जुट भएर उभिनुप¥यो” महामन्त्री कोइरालाले भने, “आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।” उनले कांग्रेसको भविष्य उज्ज्वल रहेको तर यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *