आईपीएलमा सय करोडभन्दा बढी कमाउने पहिलो विदेशी खेलाडी बने डिविलियर्स
काठमाडौं । ईन्डीयन प्रिमियर लिग (आईपीएल)मा एबी डिविलियर्स सय करोड भन्दा बढी कमाउने पहिलो विदेशी खेलाडी बनेका छन । आईपीएल टोली आरसीबीले उनलाई २०२१ को सिजनका लागि टिममा रिटेन गरेसँगै उनी सय करोड भन्दा बढी कमाउने पहिदो विदेशी खेलाडी बनेका हुन । आईपीएलको १४ ओं सिजनका लागि आरसीबीले १० खेलाडीहरुलाई रिलिज गरेको छ । तर टोलीले डिविलियर्सलाई रिलिज गरेको छैन । डिविलियर्स अघि आईपीएलमा भारत चार खेलाडीहरुले मात्र सय करोडको आकडा पार गरेका थिए ।
आईपीएल नयाँ सिजनको सम्झौतासँगै डिविलियर्स सीएसकेका कप्तान महेन्द्र सिंह धोनी, आरसीबीका कप्तान विराट कोहली, मुम्बई ईन्डीयन्सका कप्तान रोहित शर्मा र सुरेश रैनासँगै सय करोडको क्लबमा सामेल भएका छन । धोनी, विराट, रोहित र रैना मात्रै यस्ता ४ भारतीय खेलाडीहरु हुन जसले आईपीएलमा सय करोड भन्दा बढी कमाई गरेका छन । आईपीएलको एक सिजनमा आरसीबीले डिविलियर्सलाई ११ करोड रुपैया भुक्तानी गर्ने गर्दछ । डिविलियर्सले आईपीएलमा अहिले सम्म कुल १०२.५ करोड कमाई सकेका छन । डिभिलियर्स आईपीएलको इतिहासमा सबैभन्दा सफल ब्याट्सम्यान हुन। डिभिलियर्सले ४० भन्दा बढीको औसतमा ४ हजार ८ सय ४९ रन बनाएका छन । उनले अहिलेसम्म १६९ खेल खेलेका छन। यति मात्र होइन डिभिलियर्सले आईपीएलमा तीन शतक र ३८ अर्धशतक पनि प्रहार गरेका छन। यस बाहेक डिभिलियर्स क्रिस गेलको पछि आईपीएलमा दोस्रो सर्वाधिक छक्का प्रहारकर्ता पनि हुन ।
Facebook Comment