कांग्रेसको प्राथमिकता निर्वाचन
![कांग्रेसको प्राथमिकता निर्वाचन](https://www.dcnepal.com/wp-content/uploads/2020/01/nepali_congress5661-400x300.jpg)
काठमाडौं। नेपाली कांग्रेस गजबको पार्टी हो। इतिहास ठूलो तर बुद्धि सानो। नेताहरुको बुद्धिमा बिर्को लागेपछि सिङ्गो बागडोर छाडेर च्याँखे मार्दै हिँड्न खोजिरहेको छ कांग्रेस । कांग्रेस प्रमुख प्रतिपक्ष दल हो। अर्थात् वेटिङ गभर्मेन्ट।
यदि अहिले नै चुनाव भयो भने पनि ठूलो दल नेकपा फुटेपछि एक नम्बर पार्टी बन्ने निश्चित भएको अवस्था छ। कांग्रेस के चाहन्छ ? कांग्रेसभित्र तीन धार छन् । संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्ष । इतर पक्ष वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र त्यसभित्र पनि छुट्टै च्याँखे थाप्ने पक्ष कृष्णप्रसाद सिटौला पक्ष।
पार्टीभित्र यिनीहरुको त्रिशंकू गुट छ । शक्तिका लागि मिलिहाल्छन्। त्यसमा पनि देउवा सबैभन्दा अवसरवादी । गत वर्षको फागुनमा १४ औं महाधिवेशन गरेको भए देउवा कहाँ पुग्थे थाहा छैन । अहिलेको फागुनमा पनि महाधिवेशन गरेनन् । आउँदो भदौभित्र महाधिवेशन नगरे पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्छ ।
र पनि अहिले नै सत्तामा जाने जसरी नै लागिरहेको छ कांग्रेस । मुलुकमा प्रजातन्त्रका लागि लडेको पार्टी अहिले ‘स्वर्ग जान कूतीको बाटो’ जस्तै भएको छ । महान् लक्ष्य लिएको कांग्रेस प्रदेश सरकारमा ओलीसँग मिलेर जान खोज्दैछ । जबकि कांग्रेसले केही समय पर्खने हो र जनअपेक्षाअनुसारका काम गर्ने हो भने संघीयदेखि स्थानीय तहसम्म कांग्रेस नै कांग्रेसको लहर आउन सक्छ । देउवालाई भोलि नै मर्छुकि जस्तो लाग्दो हो सायद भोलि पर्खन चाहन्नन् ।
जे गर्ने हो आजै गर्न खोजिरहेका छन् । सम्भवतः कांग्रेस अब विघटित प्रतिनिधिसभा पुनःथापना गर्नुपर्छ भन्दै सडक संघर्षमा उत्रने छैन । विघटनविरुद्ध चार चरणमा देशव्यापी विरोध कार्यक्रम गरे पनि कांग्रेसको प्राथामिकतामा मध्यावधि निर्वाचन परेको छ । कांग्रेसले वडा तहसम्म विरोध सभा गरेर पार्टीलाई चलायमान बनाउने प्रयास गरेको छ । कांग्रेसभित्र विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गरिरहेको पौडेल समूहका नेताहरु पनि मध्यावधि निर्वाचनको पक्षमा खुलेर लाग्न थालेको आजको जनभावना साप्ताहिकले समाचार लेखेको छ।
Facebook Comment