वरिष्ठ अधिवक्तालाई होेच्याएपछि..
![वरिष्ठ अधिवक्तालाई होेच्याएपछि..](https://www.dcnepal.com/wp-content/uploads/2021/01/3_1508356221.jpg)
काठमाडौं । मान्छेको वौद्धिक औकात त्यतिन्जेलमात्र टिक्छ जतिन्जेल उसले आदर्शका कुरा गर्न सक्छ । जहिलेदेखि उसले आफ्नो हैसियत बिर्सन थाल्छ तब उसको आदर्श र वौद्धिक औकात छचल्किन्छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको औकात जताततै छचल्किरहेको छ । किनकि उनी आजकल धेरै नै बोल्न थालेका छन् ।
उनी पहिले बालुवाटारबाट बाहिर निस्कदैनथे । बहाना उनको रोग थियो । बहाना उनको मिर्गौला थियो । उनले दुवै मिर्गौला थपे । सामान्य मानिसले बुझ्ने गरी भन्दा उनी मिर्गौलाका रोगी हुन् । नेपालले स्वास्थ्यमा ठूलो फड्को मारेको भाषण उनैले गरे पनि उनले सिंगापुर गएरसमेत आफ्नो उपचार गराएर बाँचे ।
उनको नामका करोडौं रुपैयाँ सरकारले व्यहोरिसकेको छ । उनी विदेशमा उपचार गराउन जाँदा लाखौं नेपालीले स्वास्थ्यलाभको कामना गरे । नेपालमै पनि उनी बिरामी पर्दा सबैले त्यसैगरी कामना गरे । तर उनले जनता बिरामी पर्दा भने तिनै लाखौं कामना गर्ने अनुहारलाई फर्केर पनि टेरेनन् । उनले कोरोना महामारीमा
गरेको व्यवहार जगजाहेर छ ।
भोको पेटलाई रोक्न नसकेर काममा हिँडेका नेपालीलाई भने, ‘लखरलखर बाहिर निस्कने हैन घरमै बस्ने ।’ ओलीले पहिले हसाउँथे आफ्ना भाषणमा अहिले धूमधाम गाली गर्छन् । सबैभन्दा गाली उनले आफ्नै पार्टीका नेताहरु (नेकपा आधिकारिक रुपमा नफुटेकाले) पुष्पकमल दाहाल प्रचण्ड, माधवकमार नेपाल, झलनाथ खनाल, भीम रावल, यागेश भट्टराई लगायतलाई गरिरहेका छन् । व्यवहारमा दुर्योधन र दुस्सासनको भन्दा पनि छुद्र बन्छन् ।
उनले कहिले पत्रकारलाई सम्मान र संस्कार सिकाउँछन् । कहिले प्राध्यापकलाई पनि होच्याउँछन् । उनले कसैलाई बाँकी राखेनन् । नेपालका सबैभन्दा त्यागी अभियन्ता प्रा.डा. गोविन्द केसीलाईसमेत हेप्न भ्याए उनले । हो, उनका कम्युनिष्ट सहयात्रीहरु व्यवहारले त्यस्तै होलान् । एक अर्कालाई खुट्टा तान्ने ।
कम्युनिष्टले देश बनाउँदैन भनेझैं तिनीहरुको व्यवहार दखाइरहे का छन् ओलीले। त्यसो त ओलीलार्ई कम्युनिष्टसमेत नभएको उनका सहयात्रीहरु प्रचण्ड–नेपाल पक्षले भनिरहेको छ । तर ओलीले आफूभन्दा धेरै बुज्रुकलाई पनि निकै तल्लो स्तरमा झरेर अनादर गर्लान् भनेर कसले सोच्ने ।
ओलीले आफूसँग असहमत हरकलाई होच्याउने र गिज्याउने गर्दै आएका छन् । उक्त क्रममा ओलीले ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई पनि अनादर गर्दै अनुयायी हँसाएका छन् । आजको जनभावना साप्ताहिकले समाचार लेखेको छ।
Facebook Comment