नेपालमा कोरोना निको हुने दर ९८.१ प्रतिशत, मृतकको संख्या २ हजार १७
काठमाडौं। सोमबार नेपालमा ४ हजार ५७४ जनाको पीसीआर परीक्षण गर्दा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा २८५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ।
यस्तै हालसम्म १२२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ५२ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म निको हुने दर ९८.१ प्रतिशत रहेको छ।
प्रतिक्रिया
Facebook Comment