देशैभरी यसरी लगाइयो कोरोनाभाइरसविरुद्धको खोप (फोटाेफिचर)

काठमाडौं । आजदेखि देशैभरी कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । पहिलो चरणको खोप अभियानमा पहिलो प्राथमिकतामा परेका वर्गलाई खोप लगाइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे खोप अभियानको शुभारम्भ गरेका छन् ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको लडाई नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। गएको एक वर्ष कठिन रहेको स्मरण गर्दै उनले अब खोप प्राप्त भएपछि कोरोना विरुद्धको लडाइले नयाँ चरणमा प्रवेश गरेको जानकारी दिए।
प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेपछि देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, चालक, एम्बुलेन्स चालक लगायतलाई खोप दिइएको छ ।
आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।



सबै तस्वीरः रासस
Facebook Comment