विदेशकाे माेह त्यागेका पेम्बाकाे लाेभलाग्दाे कर्म

डिसी नेपाल
१५ माघ २०७७ ७:४९

काठमाडौं। ताप्लेजुङमा जन्मेर काठमाडौंमा कर्म गर्दै आएका ४१ वर्षीय पेम्बा शेर्पा (संगम) गाउँमै एसएलसी दिएपछि कलेज पढ्ने सोचेमा काठमाडौं आएका हुन्। तर, सुरुमा काठमाडौं आएर निर्माणसम्बन्धी सामान्य कामहरु गरेका उनले कलेज पढ्न भने नभ्याइएको गुनासो गर्छन्।

सिजनमा टुरिजम क्षेत्रमासमेत हात हालेका उनले सुरुमा टुरिजममा पोटर, किचनलगायतका सामान्य कामहरु चार वर्षजति गरेको बताउछन्। स्पेनिस, कोरियन, हिन्दी, डचलगायत पाँच/छ वटा भाषामा पोख्त उनी पेशाले पर्यटन व्यवसायी हुन्।

धेरै देशको भ्रमणसमेत गरेका उनीसँग करिब एक–डेढ दशक ट्रेकिङ एजेन्सी चलाएको अनुभव छ। टान (सन् २०१५–१६)को निर्वाचित कार्यकारी सदस्य रहेको बेला अमेरिकाको प्रख्यात कम्युनिटी सपोटेड एग्रीकल्चर (सीएसए) को इन्टरनेशनल एक्स्पोमा उनको सहभागितासमेत रहेको थियो।

उनी विदेश जानुको मुख्य कारण त्यहाँ बसेर पैसा कमाउनु नभएर त्यहाँको अवधारणालाई नेपालमा कसरी लागू गर्न सकिन्छ र त्यो कत्तिको सम्भव छ भन्ने सोच बोकेर सो एक्स्पोमा सहभागी भएको बताउँछन्। उनी भन्छन्, ‘नेपालीहरु अमेरिका छिरेपछि फर्किने चान्स हुँदैन। मेरो अमेरिकाको मल्टिपल भीसा हो, जुन अहिले पनि छ।

युरोपतिरसमेत भ्रमण गरेको २००३ देखि कै हो। मैले विदेशमै बस्ने कहिल्यै सोच बनाइन, आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने लाग्छ। सामान्यतया पर्यटन क्षेत्रका शेर्पाहरु अमेरिकाको भीसा लागिसकेपछि फर्किँदैन भन्ने हुन्छ। तर म अमेरिकामा बस्ने खालको शेर्पा परिन्।’

उनी गर्भका साथ भन्छन्, ‘मेरो अर्गानिक एग्रो टुरिजम डेभलपमेन्टको अवधारणा अमेरिका, क्यानडा या कुनै पनि विकसित मुलुकमा गएर गर्छु भनेर गर्न खोजे भने मलाई त्यहाँ बस्न, सय–डेढ सय हेक्टर जमीन उपलब्ध गराइदिन कुनै गाह्रो मान्दैन।किनकि त्यसमा मेरो युनिक अवधारण छ। तर विदेशको अवसरहरु छोडेर मैले आफ्नै देशमा ती अवधारणा लागू गरी केहि गरौं भनेरै बसेको हुँ।’

गाउँकै भाले, खसी, तरकारी, पीठो, चामल आदि किनेर होमस्टे चलाउनु पर्यो? तर, हाम्रो होमस्टेहरु शहरबाट सबैचिज ल्यायो, पकायो खुवायो अनि पैसा फेरि शहरै पठायो। यसले फोहोर चाहिँ गाउँमा भयो, पैसा चाहिँ गाउँमा अडिएन।’ टुरिजमको लागि पूर्वाधार निर्माणलगायत धेरै कुराहरुमा ध्यान दिनुपर्ने गुनासो गर्दै उनले हाम्रो देशमा २०/२२ लाख मात्र नएर करोडौं टुरिष्ट आउनसक्ने सम्भावना छ।

हाल उनले ‘पसिना आफ्नै देशमा बगाऔं’, भन्ने नारा राखेर बुढानिलकण्ठ नगरपालिकास्थित कपन आकाशेधारामा एक ‘अर्गानिक फार्महाउस’ चलाइराखेका छन्।

उनको नारा विदेशमा गई आकर्षक आम्दानी गर्ने सपना बोकेका हरेक नेपाली युवालाई स्वदेशमै केही गरौं र गर्न सकिन्छ भन्ने प्रेरणा दिन पर्याप्त छ। एक दशक अगाडिदेखि सञ्चालित उक्त फार्महाउस एवं रेष्टुरामा शान्त, रमाइलो एवं पारिवारिक वातावरणमा खेतबारीबाटै टिपेर पकाइएका अर्गानिक खानेकुराहरुको स्वाद लिन सकिन्छ।

यो फार्म हाउस कल्पनाभन्दा बाहिर जहाँ शहरको भीडभाड, धूलोधुँवारहित स्वच्छ र शान्त वातावरणमा आफ्नो रुचि अनुसारको त्यही फलेका स्वस्थ खानाको मजा लिन सकिन्छ। जहाँ यतिबेला विदेशीभन्दा स्वदेशी पर्यटकहरुको घुइँचो लाग्ने गर्छ।

अहिले साथी भाइलगायतले अमेरिका, क्यानडालगायत विकसित मुलुकको अवसरलाई त्यागेर नेपालमै केही गरौं भनेर बसेको र राम्रो गरेको भनेर गर्वसाथ हेर्ने गरेको बताउने व्यवसायी शेर्पाले सुरुसुरुमा त नाथे खेती गरेको भनि अपहेलित तरिकाले हेर्ने गरेको स्मरण सुनाए।

३५ लाखमा १८ रोपनी जग्गामा रहेको फार्महाउसबाट हाल वर्षमा करिब एक करोड रुपैयाँ आम्दानी हुने गरेको उनले बताए। नयाँ अवधारणा, शीप, मेहनत गर्न चाहने व्यवसायी शेर्पा यतिबेला फार्म हाउस तथा फार्मस्टेको व्यवसायमा जमेका छन्। होमस्टे मात्र नभएर फार्मस्टेको समेत अवधारणालाई लिएर अगाडि बढ्ने सोच राखेका उनी पैसा मात्रै ठूलो कुरो होइन मेहेनत, शीप र विचार छ भने जे पनि सम्भव हुने बताउँछन्।

ग्रामिण भेगको कृषिक्षेत्रका किसानहरुको जीवनस्तर माथि उठाएन भने देश समृद्ध हुँदैन भनेर नै अर्गानिक फार्महाउसको अवधारणा बनाएरको बताउने उनले कृषि प्रधान देशमा खाद्यन्यसमेत विदेशबाट ल्याउने हो भने किसानहरु जिन्दगीभर माथि नउठ्ने बताए।

उनले भने, ‘देशका सबै जिल्लाहरुमा त्यहि नै फेलेका उत्पादनहरुलाई नै बजारीकरण गर्न सक्यौं भने त्यो आन्तरिक र बाह्य पर्यटकहरुको लागि गुणस्तरीय सेवा हुनेछ। नेपालमा युवाहरुलाई कसरी देशमै उद्यमी बनाउन सकिन्छ भनेर टुरिजममा एउटा मोडालिटी ल्याउनु पर्यो। विदेशमा दुःख गरेर पनि अन्ततोगत्व केही छैन।’

आफूले गरेजस्तै अर्गानिक त्यहिको लोकललाई प्राथमिकतामा राखेर काम गर्ने हो भने लाखौंको संख्यामा आउने विदेशी पाहुनाहरुले पनि हामीले गरेको काम, सेवालाई स्मरण गर्नेमा कुनै दुबिधा नहुने उनले बताए। तर, उनले हाम्रोमा धेरैभन्दा धेरै खाद्यन्य विदेशबाट ल्याएर विदेशीलाई नै खुवाउने चलन रहेको दुखेसो पोखे।

कृषि मन्त्रालयले टुरिजम फ्रेण्डल्ली प्रोडक्सनहरु नगरेको भन्दै उनले आफैले उत्पादन गरेर करोडौं टुरिष्टलाई अर्गानिक खानेकुरा खुवाउन सक्ने क्षमता देशको रहेको बताए। तर यस्तो भइनराखेको गुनासो गर्दै उनले भने, ‘हामीले हाम्रा होमस्टेमा बसेर खाएको पैसा तिरेर शहर आउनुभन्दा पहिले त्यो पैसा पनि शहर आइसक्छ। त्यो पैसा त गाउँमै छिर्नु पर्यो नि।

गाउँकै भाले, खसी, तरकारी, पीठो, चामल आदि किनेर होमस्टे चलाउनु पर्यो? तर, हाम्रो होमस्टेहरु शहरबाट सबैचिज ल्यायो, पकायो खुवायो अनि पैसा फेरि शहरै पठायो। यसले फोहोर चाहिँ गाउँमा भयो, पैसा चाहिँ गाउँमा अडिएन।’ टुरिजमको लागि पूर्वाधार निर्माणलगायत धेरै कुराहरुमा ध्यान दिनुपर्ने गुनासो गर्दै उनले हाम्रो देशमा २०/२२ लाख मात्र नएर करोडौं टुरिष्ट आउनसक्ने सम्भावना रहेको बताए।

त्यसको लागि सरकारले नीतिमै संलग्न गरी ट्राभल गर्न सक्ने गरी बाटोघाटो, शौचालय, पार्क आदि बनाउन सुझाए। वर्षमा गुणस्तरीय विदेशी तथा एक सय डलर खर्च गर्ने सक्ने टुरिष्ट करोड पुर्याउने भनेर हामीले लक्ष्य राख्नु पर्छ भन्दै उनले भने, ‘ठूलो सहरदेखि ग्रामिण भेगको लज, फार्मस्टेदेखि हाईवेका सबै किचन, रेष्टुरेण्ट जुनसुकैमा पनि टुरिष्ट छिरेर खान सक्नेगरी पूरै त्यहीँको लोकल चिजलार्ई प्रयोग गरी अर्गानिक खानेकुरा दिन सक्यौ भने धरै भन्दा धेरै टुरिष्ट हामी ल्याउन सक्छौं।’

प्राय व्यवसायीहरुले आन्तरिक पर्यटकहरुलाई मतलबै नगरेको बताउँदै उनले भने, ‘कोही पनि नेपाली घरबाहिर गएर खायो भने त्यो पनि त टुरिष्ट हो। यस्तो खालको सोचाईमा पनि व्यवसायीमा कमी छ। एउटा विदेशी बसेर एक कप चिया र एउटा पाउरोटी खानेसाथ मेरो होटल चाहिँ चल्यो भन्ने सोचाई राखिन्छ। तर हाम्रो व्यवसायमा नेपालीहरुले गर्दा नै बढी चलिराखेको छ।’

उनले आफ्नै देशका जनतालाई कसरी माथि उठाउन सकिन्छ भनेर गाउँ वेसीका कुरालाई लिएर डकुमेन्ट्री बनाउने, किताब लेख्ने सोच बनाएको बताए। ताकि त्यो बढेर, हेरेर त्यसलाई सदूपयोग गरी युवाहरुले उन्नती गरुन्। देशकै सामाग्रीलाई देशमै स्थापित गर्ने र यसबाट विदेशीहरु पनि आकर्षित हुने भएकाले यस किसिमको अवधारणालाई आफ्नो पहलमा नेपाल सरकारले नीतिमा हाल्न लगाएको जनाए।

विश्वभरिनै हरेक राष्ट्रको नीतिमा अर्गानिक एग्रो टुरिजम डेभलपमेन्ट कन्सेप्ट रहेको र अहिले विश्वमा ग्लोबल वामिङ्गको थ्रेट भएकाले लोकल चिजलाई प्राथमिकता दिनु सबैको हित हुने उनले बताए।

जापानीज, चाइनिज, कोरियनहरुले जहाँ जाँदा पनि आफ्नै खाना लगेर खानुपर्ने स्थितिले गर्दा पनि एकदमै ग्लोबल वार्मिङ बढेको भन्दै उनले आफूले गरेजस्तै पोषणयुक्त खानेकुराले सेवा दिने किसिमका अवधारणालाई मनन गर्न सुझाए। उनी भन्छन्, ‘यो व्यवसाय देखेर सबैले तपाईले चाहिँ बुद्धि पुर्याएको हो, भन्छन्। किनकि मलाई लकडाउनले पनि छोएन, मेरो बालबच्चालाई कसरी खुवाउ, पालौं भन्ने भएन।

वरिपरिका सबै बन्द हुँदा पनि मैले धेरै पाहुनाहरुलाई सुविधा निरन्तर दिइरहे। यो जतिसुकै समस्याहरु आउदा पनि नमर्ने व्यवसाय हो भनेरै सुरु गरेको हो।’ ‘दिनदिनै विश्वमा खाने मुखहरु बढिराखेका छन्। तर, उत्पादन गर्ने भूमीहरुमा ठूलठूला हाईवेहरु, फ्याक्ट्रीहरु, व्यवसायिक भवनहरु बनाइराखिएको छ। अनि खानेकुराको क्षेत्रमा हामीले काम गरेनौं भने भोकले मरिन्छ।’

भनी गुनासो पोख्ने उनी हाल अर्गानिक एग्रो टुरिजमको ट्रेनिङ सुरु गर्न लागिपरेका छन्। धेरै नै माग आएकाले करिब ५० दिनको गुणस्तरीय स्तरको अर्गानिक एग्रो टुरिजम डेभलपमेन्ट ट्रेनिङको कोर्ष चाँडै गर्दैछन्।

आठवटा गाई, २० वटा बाख्रा, १२ सय वटा कुखुरा र सिजनेवल तरकारीहरु अझ विस्तार गर्ने सोच बनाएका उनको फार्महाउसमा हाल त्यहि खाईपिई गरी सुत्नको लागि पाँचजनाको परिवार अटाउँछन्।

उनले सबै नेपालीलाई सजिलो होस भनेर खाद्यन्यको लागि धेरै प्रकारका बीउहरु विभिन्न विदेशबाट ल्याएर आफ्नै कोसेली घरबाट उपलब्ध गराउँदै आएका पनि छन्। कोसेली घरमा सिड बैंक भनेर राखेका उनले बोटविरुवा, तरकारी आदिका बीउहरु अमेरिका, युरोप गएर भनेनुसारको ल्याउने गरेको बताए। भाटभटेनिमा पाइने कोरियन किम्ची पनि आफैले फलाएको अर्गानिकबाट बनाएर बिक्री भइरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *