पेट्रोलियम बिक्रेतालाई वार्तामा आउन निगमको आग्रह, अटेर गरे कारवाहीको चेतावनी

डिसी नेपाल
१६ माघ २०७७ १२:२७

काठमाडौं। नेपाल आयल निगमले बागमती पेट्रोलियम डिलर एसोशिएसनलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ। शुक्रबार डिसी नेपालसँग कुराकानी गर्दै निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बागमती प्रदेश भित्रका पेट्रोलियम बिक्रेताहरुको समस्यामा निगम सकारात्मक रहेको बताए।

हरेक कुराको निष्कर्ष बार्ताका माध्यमबाट नै निस्कने बताउँदै उनले बागमती पेट्रोलियम डिलर एसोशिएसनलाई बार्ताकालागि ढोका खुला रहेको बताएका हुन्।

पेट्रोलियम बिक्रेताहरुका मागप्रति आयल निगम सकारात्मक छ। उनले भने, “हामी बार्ताका लागि सदैव तयार छौँ। बार्ताका माध्यमबाट मात्र सबै समस्या समाधान हुन्छ। कुनै कुराहरु नीतिगत रुपमा पनि समय लाग्ने खालका हुन्छन्। कुनै कुराको अध्यन गरेरमात्रै लागु गर्ने खालका हुन्छन्। त्यसैले एसोशिएसन छलफका लागि आउनु पर्छ।”

सर्वसाधारणहरुको माग र सेवालाई निगमले प्राथामिकता दिने भन्दै प्रवक्ता उपाध्यायले नागरिकले दुख पाउने स्थिति आय उद्योगीहरुलाई कारवाही गरिने बताए। सरकारले पेट्रोलियम पार्थलाई अत्यावश्यक सेवामा राखेको र पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या सिर्जना गरिए सोझै कानुन आर्कषित हुने उनको भनाइ छ।

यसअघि बागमती पेट्रोलियम डिलर एसोशिएसनले बिहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको गोप्य सर्कुलरमा निगमको डिपोबाट १८ माघदेखि पेट्रोल उठाउन नसक्ने अवस्था आएको जनाएको छ।

एसोशिएसनले आफूहरुले पाइरहेको जर्ती सुविधा निगमले कटाउन खोजेको र टेक्नीकल कमिशनका विषयमा निगमले माग नसुनेको भन्दै आइतबारेखि पेट्रोल नबेच्ने चेतावनी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *