माघ १८ गतेपछिको समय दिन प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगलाई आग्रह

डिसी नेपाल
१६ माघ २०७७ १२:३३

काठमाडौं। नेकपा (प्रचण्ड–माधव नेपाल) पक्षले निर्वाचन आयोगलाई नेकपाका दुवै पक्षसँग गर्न लागेको छलफल केही दिन परसार्न आग्रह गरेको छ।

प्रचण्ड–माधव नेपाल पक्षबाट नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगलाई पत्र बुझाएर दुवै पक्षसँगको छलफललाई केही पर सार्न आग्रह गरेका हुन्। नेता पाण्डले आफ्नो समूहका दुवै अध्यक्ष राजधानी बाहिर रहेकाले तत्काल ओयोगमा उपस्थित हुन नसकने पत्र बुझाएको नेता पाण्डेले बताए।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्न र निर्वाचनको तयारीको विषयमा जानकारी दिन दुवै पक्षलाई आयोगमा बोलाएको थियो। प्रचण्ड–नेपाल समूहबाट नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान आयोगमा पत्र बुझाएर फर्किका छन्।

‘राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निवाृचन तयारीका समबन्धमा हालसम्म गरेको कामका विषयमा छलफल गर्न भनी अध्यक्ष वा अध्यक्षले तोकेका आधिकारिक प्रतिनिधि र कानुन विषय हेर्ने प्रतिनिधि आयोगमा उपस्थित हुन भनिएको रहेछ। पार्टी अध्यक्ष माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहनु भइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ पत्रमा भनिएको छ।

माघ १८ पश्‍चात उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न पत्रमा निर्वाचन आयोगसमक्ष अनुरोध गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *