सन् २०२१ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक : संयुक्त राष्ट्रसंघ

डिसी नेपाल
१६ माघ २०७७ १४:००

काठमाडौं। संयुक्त राष्ट्रसंघले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक हुने प्रक्षेपण गरेको छ। विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले नेपालको आगामी आर्थिक वर्षको वृद्धिदर ० दशमलव १ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको हो।

यसअघि विश्व बैंकले भने यो वर्ष नेपालको आर्थिक वृद्धि ० दशमलव ६ प्रतिशत रहने अनुमान प्रक्षेपेण गरेको थियो। यता नेपाल सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदरको अनुमान गरेको छ।

यस्तै नेपालले आगामी आर्थिक वर्षमा भने ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने राष्ट्रसंघको प्रक्षेपण छ।

राष्ट्रिय  योजना आयोगले अघिल्लो आर्थिक वर्षमा ० दशलव ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ। राष्ट्रसंघले उक्त आर्थिक वर्षमा पनि नेपालको आर्थिक वृद्धिदर ० दशमलव ५ प्रतिशतले ऋणात्मक हुने जनाएको छ।

राष्ट्रसंघका अनुसार नेपालको आर्थिक वृद्धिदर यो वर्ष दक्षिण एसियामै सबैभन्दा कमजोर अवस्थामा पुग्ने प्रक्षेपण गरेको छ। दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले ९ दशमलव ९ प्रतिशत रहने राष्ट्रसंघले अनुमान गरेको छ। यसैगरी भारतको ७ प्रतिशत, बंगलादेशको ५.१ प्रतिशत, अफगानिस्तानको ४.३ प्रतिशत, भुटानको ३.५ प्रतिशत, श्रीलंकाको ३.१ प्रतिशत र पाकिस्तानको ०.५ प्रतिशत रहने राष्ट्रसंघको अनुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *