शनिबार कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुने तेब्बर, थप दुईको मृत्यु

काठमाडौं। शनिबार नेपालमा थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३५० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २७ पुगेको छ।
यस्तै हालसम्म १०९ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ६७ हजार ६९९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment